Breaking

न्यूजिल्याण्डको प्रधानमन्त्रीमा क्रिस हिपकिन्स चयन, राज्यप्रति पूर्ण जवाफदेही बन्ने प्रतिबद्धता


काठमाडौँ — न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले राजीनामा दिएसंगै नयाँ प्रधान्मन्त्रीमा सत्तारुढ लेबर पार्टीका नेता क्रिस हिपकिन्स चयन भएका छन् । राजिनामा दिएकी जसिन्डा आर्डेनले मंगलबार एक कार्यक्रमलाई सम्बोधन गर्दै आफू पुन प्रधानमन्त्री नबन्ने घोषणा गरेकी छिन् । न्युजिल्याण्डमा सत्तारुढ लेबर पार्टीका नेता क्रिस हिपकिन्स नयाँ प्रधानमन्त्रीमा चयन भएका छन् ।

प्रधानमन्त्री जसिन्डा आर्डेनले गत हप्ता परिवारलाई समय दिन नसकेको र चुनौतीहरुका कारण थकित भएको भन्दै पदत्यागको घोषणा गरेकी थिईन । पदत्याग गरेपछि लेबर पार्टीले हिपकिन्सलाई पार्टी नेता चयन गर्दै नयाँ प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो । बेलायती राजा चाल्र्सका प्रतिनिधिको रुपमा रहेका गभर्नर समक्ष प्रधानमन्त्री हिपकिन्सले बुधबार पद तथा गोपनियताको सपथ ग्रहण लिएका थिए ।

यता जसिन्डा आर्डेनले मंगलबार एक कार्यक्रममा सम्बोधन गर्दै न्युजिल्याण्डको प्रधानमन्त्रीमा पुन नदोहोरिने घोषणा गरेकी छिन् । उनले न्युजिल्याण्डका भावी प्रधानमन्त्री र जनताको लागि मन्तव्य राख्न पाएकोमा खुशी व्याक्त गरिन । न्युजिल्याण्डकी प्रधानमन्त्रीका रूपमा अन्तिम सम्बोधन उनको लागि विशेष र सांकेतिक भएको बताई । आउँदा जति उत्साहजनकरूपमा पदमा आइन्छ जाँदा उत्तिकै उत्साहका साथ जाने उनले बताई ।

उनले सहकर्मीहरूसँग उपस्थित हुन पाउँदा खुशी भएको बताउदै उपस्थित सहकर्मीहरु न्युजिल्याण्डको नेतृत्व गर्न काबिल भएको र एक्लैले कहिल्यै न्युजिल्याण्डको नेतृत्व नगरेको र सहकर्मीहरुको सहयोगमा सफल भएको बताईन । राष्ट्रका सेवकहरूको सहयोगमा मुलुकको नेतृत्व गरेको न्युजिल्याण्डका जनतालाई अब पनि उत्कृष्ट र असल व्यतmीले शासन गर्ने बताई ।

जसिन्डा आर्डेन विश्वको सबैभन्दा कान्छी महिला राष्ट्र प्रमुख पनि हुन् । सन् २००८ मा लेबर पार्टीको टिकटमा संसदमा पुगेकी आर्डेन गठबन्धन सरकारमा २०१७ मा न्यूजिल्यान्डको प्रधानमन्त्री बनिन् । सन २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री निर्वाचित भएकी जसिन्डा आर्डेन त्यतिबेला विश्वकै कान्छी महिला राष्ट्रप्रमुख बनेकी थिइन । सन् २०१८ मा, उनी पदमा रहँदा बच्चालाई जन्म दिने विश्वको दोस्रो राष्ट्र प्रमुख पनि बनिन । यसअघि सन १९९० मा पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोले प्रधानमन्त्री हुँदा छोरीलाई जन्म दिएकी थिइन । उनी पदमा रहँदा आमा बन्ने विश्वकै पहिलो नेता थिइन् ।