Breaking

प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुमा म र हामी दोषी छौं : गृहमन्त्री लामिछाने


काठमाडौँ – गृहमन्त्री रवि लामिछानेले मंगलबार दिउँसो संसद् भवनअघि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलाई बचाउन नसक्नुनमा नयाँ राजनीतिक दल र आफू दोषी भएको स्वीकार गरेका छन् ।

सामाजिक सञ्जालबाट आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मन्त्री लामिछानेले आचार्यलाई उत्साह थपेर आत्मदाहको निर्णय फेर्न नसकेकोमा माफी समेत मागेका छन् ।

‘दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन,’ लामिछानेले भनेका छन्, ‘यसमा हामी दोषी छौं, म दोषी छु ।’

उनले आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम समेत रहेको उनले बताएका छन् । ‘एउटा नागरिकले अत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौं,’ लामिछानेले भनेका छन्, ‘मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पीडाको परिणाम हो ।’