Breaking

जेल रेष्टुरेन्ट प्रशासनले बन्द गरायो


काठमाडौँ — रुपन्देहीको भैरहवास्थित जेल रेष्टुरेन्ट एण्ड बारलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बन्द गराएको छ ।आमनागरिकको जीवनमा गलत प्रभाव पार्ने प्रकृतिको गतिविधि र दृश्य रेष्टुरेन्टमा देखिएकोले अर्को आदेश नभएसम्मका लागि बन्द गराइएको हो ।

एक महिनाअघि देवकोटा चोकमा सञ्चालनमा आएको रेष्टुरेन्टमा जेल र जेलको कोठा जस्तो संरचना, हातमा हतकडी लगाउने, फासी तथा आत्महत्या गर्न प्रयोग गरिने पासो नाइनलको डोरी, बन्दुकहरु सजाइएको भेटिएकोले ती सबै वस्तु बरामद गरी रेष्टुरेन्ट बन्द गराइएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए । उक्त रेष्टुरेन्टमा खिचेका तस्वीरहरु सामाजिक सञ्जालमा आलोचित बनेपछि स्थानीयको गुनासोको आधारमा प्रशासनले सोमबार साँझ रेष्टुरेन्टको अनुगमन गरी बन्द गराएको हो ।