काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज (मंगलबार) बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली सरकारी निवास बालुवाटार पुगेका थिए ।
समसामयिक राजनीति र विभिन्न प्रदेशमा बाँकी रहेको मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा उनीहरुबीच छलफल भएको जनाइएको छ ।
राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा सत्ता साझेदार दलको उम्मेदवार टुंगो लगाउने विषयमा पनि छलफल जारी छ । सत्ता साझेदार दलहरूबीच राष्ट्रपति एमालेले लिने समझदारी भएको जनाइएको छ ।


प्रतिक्रिया