Breaking

झापाको चिया बगानमा युवक-युवती मृत भेटिए


काठमाडौँ — झापामा एक जना युवक र एक जना युवती मृत फेला परेका छन् ।

आज बिहान कचनकवल गाउँपालिका-४ केचनामा उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ । एभरेष्ट चिया बगानमा उनीहरू मृत भेटिएका हुन् ।

दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झपाले जनाएको छ । प्रहरीका अनुसार युवक अन्धाजी २५ र युवती १८ वर्षकी छन् । अहिले घटना स्थलमा प्रहरी टोली पुगेको छ । अनुसन्धान सुरु भएको र घटनाबारे थप केही कुरा खुलिनसकेको प्रहरी ले जनाएको छ ।