Breaking

बसको चरम लापर्वाहीले ४ वर्षीया बालिकाको मुत्यु, कसरी घट्यो घटना ?


काठमाडौँ — सयुक्त यातयातको चरम लार्पवाहीले एक बालिकाले अनाहकमा ज्यान गुमाएकी छिन् । घटनापछि आक्रोशित स्थानीहरुले बालिकालाई ठक्कर दिने बस मात्र तोडफोड गरेनन्, सयुक्त यातयातको बसपार्कमा गएर पनि अन्य गाडी तोडफोड गरेका छन् । बुढानिलकण्ठ नगरपालिका चुनीखेलकी सायुकी श्रेष्ठ सदाझै घरबाट आमालाई बिदाईको हात हल्लाउँदै विद्यालयतर्फ लागिन् ।

काठमाडौंमा बाक्लो रुपमा हुइकिरहने गाडिको धुवा धुलो छिचोलेर विद्यालय पुग्न नपाउँदै बीच बाटोमै उनको यात्रा सदाको लागि टुंगियो । सायुकीलाई सयुक्त यातयातको बा २ ख ६००६ नम्बरको बसल ठक्कर दियो । गम्भीर घाइते उनले अस्पताल पुर्याउन नपाउदै प्राण त्यागिन् । उनको मृत्यु भएको खवर सुनेपछि स्थानीयहरु आक्रोशित बने । गाडि तोडफोडमा उत्रिए

आमाबुबा यतिबेला आफ्नो एक सन्तान गुमाँदा मुर्छित छन् । झन आमा सपना श्रेष्ठको अवस्था शब्दमा वयान गर्न नसकिने छ । आफन्त र छिमेकीहरुले आमाबुबाको हेरचाह गरिरहेका छन् । यो क्षेत्रमा सयुक्त यातयातको रजाईले यो निम्त्यिाएको जानकाहरु बताउँछन् । खाली बाटो भेट्न बितिक्कै बतास शैलीमा गाडी हुकाउँदाको परिणाम आज मात्र होइन बेलाबेला देखिने गरेको छ । पिडित परिवार र आफन्त भने यतिबेला बसको चरम लार्पवाहीले बालिकाको ज्यान गएको दावी गरेका छन् ।

एउटा गाडीको लार्पवाहीले सायुकी श्रेष्ठले बालखकालमै ज्यान गुमाइन् । आक्रोशित स्थानीयले ६ ओटा गाडीमा तोडफोड गरे । यो नियत काठामाडौंका गल्लिहरुमा दोहोरिनै रहन्छन् । यस्ता दुर्घटना न्यूनिकरण गर्न सरोकारवाल पक्ष, वस व्यवसायी र स्थानीय समेत सचेत हुन आवश्यक छ ।