Breaking

संसदीय भूमिका प्रभावकारी बनाउन संघ र प्रदेश सभाबीच सहकार्यमा जोड


काठमााडौँ — प्रतिनिधि सभा र प्रदेश सभा जनजीविकाको सवालमा खरो उत्रिन नसकेको आवाज उठिरहेको बेलामा दुई सदनबीच सहकार्यको आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । यसै परिपेक्षमाकानूनको अभावमा जनताको काममा अवरोध हुन नदिन प्रदेशलाई सहजीकरण गर्ने प्रतिवद्धता सभामुख देवराज घिमिरेले जनाएका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय भुमिकालाई प्रभावकारी बनाउन प्रतिनिधि सभा र प्रदेश सभाको बीचमा अनुभवहरुको आदानप्रदान हुनुपर्ने बताएका छन् ।

सोमवार नवनिर्वाचित सभामुखलाई बधाई तथा शुभकामना व्यक्त गर्न सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेको स्पिकर्स फोरम नेपालका प्रतिनिधिहरुसँग कुरा गर्दै उनले संसदीय भुमिकालाई प्रभावकारी बनाउन आपसमा अनुभवहरुको आदानप्रदान हुनुपर्ने बताउनुभएको हो । उहाँले प्रदेश सभाले प्रतिनिधि सभाका कारण कतिपय ऐनहरु बनाउन नसकेको र कतिपय प्रदेशमा ऐन बन्न नसकेका कारण माथि अपm्ठ्याराहरु सिर्जना भएको गुनासो आएको भन्दै ति कुराहरुको सम्बोधन गर्न आपसमा मिलेर अघि बढ्नुपर्ने बताए । उनले ऐन कानूनहरु ठिक समयमा ठिक ढंगले बन्नुपर्ने बताए । कुनैपनि कानूनको अभावमा जनताको काममा अवरोध हुनु नहुने उनले बताए ।

सभामुख घिमिरेले संसदीय राजनीतिलाई राम्रो बनाउनका लागि स्पिकर्स फोरम नेपालको महत्वपूर्ण भुमिका हुनेमा विश्वास व्यक्त गरे । उनले स्पिकर्स फोरम नेपालको स्थापना हुनु नेपाली राजनीतिका लागि राम्रो कामको शुरुवात भएको बताए । संस्थाको विकासका निम्ति आफ्नो ठाउँबाट भुमिका खेल्ने उनको भनाई छ ।

सभामुख घिमिरेलाई बधाई तथा शुभकामना व्यक्त गर्दै स्पिकर्स फोरम नेपालका संयोजक राजबहादुर शाहीले सभामुखले प्रदेशका सभामुखहरुसँग छलफल गर्दा आफूहरुलाई पनि समावेश गराउन आग्रह गरे । उनले पूर्व सभामुख तथा पूर्व उपसभामुखको रुपमा आफूहरुले हासिल गरेका अनुभवहरुले आगामी दिनमा सभा सञ्चालनमा सहयोग पु¥याउने बताए । संयोजक शाहीले सभामुखले संसदको गरिमा र महत्वलाई स्थापित गराउने अपेक्षा आफूहरुले गरेको बताए ।

वागमती प्रदेश सभाका पूर्व सभामुख सानुकुमार श्रेष्ठले विगत पाँच वर्षको अवधिमा प्रदेश सभाहरुले गरेका कामको समिक्षा हुनुपर्ने बताए । उनले प्रदेशमा बन्न बाँकी रहेका कानूनहरु बनाउनका लागि संघले पनि घच्घचाउनुपर्ने बताए । उनले आगामी दिनमा छलफलहरु गर्दा आफूहरुलाई पनि समावेश गराउन र अनुभवहरुको आदानप्रदान गर्न अनुरोध गरे । प्रदेशसभाको भूमिकालाई लिएर प्रश्न उठिरहेको अवस्थामा प्रतिनिधिसभाको अनुभवबाट पनि पाठ सिकेर अघि बढ्न सकेमा उसको भूमिका थप प्रभावकारी हुने जानकारहरुको मत रहेको छ ।