Breaking

सन्दीपको मुद्दामा आज सुनुवाइ नहुने


काठमाडौँ – सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आज (सोमबार) सुनुवाइ नहुने भएको छ । अन्तिम सुनुवाइका लागि जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा पेसी तोकिएको थियो ।

तर जाहेरवाला किशोरीका वकिलले पेसी सार्न निवेदन दिएका हुन् । वरिष्ठ अधिवक्ता सुनिता रेग्मीले आजको पेसी स्थगित गर्न अदालतमा निवेदन दिएकी हुन् ।

न्यायाधीश दाहालको इजलासमा मुद्दा छैटौँ नम्बरमा पेसी तोकिएको थियो । उक्त इजलासमा आजका लागि ७ वटा मुद्दा तोकिएको छ । पाला आए आजै फैसला हुने सम्भावना समेत थियो ।

जिल्ला अदालत काठमाडौँले कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । जिल्लाको आदेश बदर गर्दै उच्च अदालतले सन्दीपलाई २० लाख नगद धरौटीमा रिहा गर्न आदेश दिएको छ । उच्चको आदेशसँगै ९९ दिनपछि उनी थुनामुक्त भएका थिए ।