Breaking

उपसभामुख इन्दिराले गरिन् रास्वपाबाट अलग भएको घोषणा


काठमाडौँ – प्रतिनिधिसभाको उपसभामुख निर्वाचित इन्दिरा रानाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छिन् ।

उपसभामुख रानाले सोमबार एक विज्ञप्ति निकाल्दै सम्पूर्ण राजनीतिक तथा सांगठानिक जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन् ।

बिहीबार भएको निर्वाचनमा रानाले १६६ मतसहित उपसभामुख पदमा निर्वाचित भएकी थिइन् ।