Breaking

कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै


काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बैठक बस्न लागेको एक नेताले जानकारी दिए ।

उनका अनुसार बैठक सोमबार बिहान १० बजेका लागि तय भएको हो । समसामयिक राजनीतिबारे छलफल गर्नका लागि सभापति देउवाले बैठक बोलाइएको हो ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी १५ गतेका लागि बोलाइएको छ । केन्द्रीय कार्यसमिति बैठकअघि पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाएर देउवाले छलफल गर्न लागेका हुन् ।

कांग्रेसभित्र संस्थापन इतर समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएर गल्ती गरेको निश्कर्ष निकालेको छ । राष्ट्रपतिको उम्मेदवार तय गर्ने विषयमा कांग्रेस नेताहरु आन्तरिक छलफल समेत गरिरहेका छन्।