Breaking

रवि–लिङ्देनकै पद जोखिममा, दागीलाई च्याप्दा नैतिक संकट, जसले गाडी उपहार दियो–उसैलाई मन्त्री,प्रमाण भेटियो


काठमााडौँ — सत्ता गठबन्धन नेतृत्वको सरकारमा दागी र स्वार्थ बाँझिएकालाई मन्त्री बनाएपछि चौतर्फी विरोध भइरहेको छ । तर प्रश्न उठेकालाई पाखा लगाएर जनमतको सम्मान गर्नेतर्फ कोही देखिएका छैनन् । रवि–लिङ्देन अरुभन्दा फरक हुन्थ्ये भने प्रश्न उठेका आफ्ना मन्त्रीलाई पछि हटाएर कारबाहीको दायरामा ल्याइसक्थ्ये । तर सडक र सदनमा चर्किएको विरोधलाई एक कानले सुन्दै अर्काेले उडाउने पुरानैशैली उनीहरुमा पनि देखियो । न आफुमाथि प्रश्न उठेको देख्ने, न आफ्ना आलोचित मन्त्रीलाई नैतिकताको दायरामा ल्याउने । उही चित्रबहादुर केसीले भनेझैँ नयाँहरुको पारा पनि गजबैले देखियो ।

२० सांसद भएको स्वतन्त्र पार्टीमा काबिल अनुहारहरु हुँदाहुँदै पनि रविले म्यानपावर व्यवसायी डोलप्रसाद अर्याललाई श्रममन्त्री बनाएका छन् । राजनीतिमा आउनुअघि डोलप्रसाद रवि र रविका सचिवालय संयोजक दीपक बोहराका डोनर जस्तै थिए ।डोलप्रसादले सञ्चालन गरेको रेमिट्यान्स कम्पनी इजी लिंकको ब्राण्ड एम्बास्डर पनि रवि नै थिए । दीपक बोहरालाई त डोलप्रसादले गाडी नै उपहार दिएका थिए ।अब आफुमाथि सबै खन्याएका डोलप्रसादलाई पार्टीको उपसभापतिसम्म हुँदै मन्त्रीसम्म बनाउनु अन्यायको विषय होइन । तर यतिविधि विरोधका स्वरहरु आइसक्दा पनि मन्त्रीकै कुर्सीमा विराजमान बनाइराख्नु भने जनताप्रतिको अन्याय हो । तर रविले म्यानपावर व्यवसायी भएको प्रमाण दिए पहिलो कारबाही आफैले गर्ने दरिलो आत्मविश्वाससहित मिठो झुट बोलेका छन् ।

श्रममन्त्री डोलप्रसाद सृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिस प्रालीका अन्तर्राष्ट्रिय बजार निर्देशक हुन् । मन्त्रीमा सपथ खाएको दिनसम्म उनको नाम कम्पनीको वेवसाइटमा त्यही रुपमा थियो । तर विरोध हुन थालेपछि डोलप्रसादको नाममात्रै गायव भएन कि वेवसाइट नै एकाएक हरायो ।यसबाट उनी कतिसम्म झुट्टा छन् भन्ने प्रमाणित हुन्छ । उनी निर्देशक रहेको कम्पनीले ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागमा उजुरीसमेत परेको भेटिएको छ ।वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार मनालाल महतासहित ७ जनाले २०७१ कात्तिक ३० गते मलेसियाजाँदा ठगिएको भन्दै श्रृष्टि ओभरसिजविरुद्ध क्षतिपूर्तिका लागि उजुरी गरेका थिए । तर विभागबाट कुनै सुनुवाइ नभएपछि उनीहरु काठमाडौं धाउन छोडेका छन् ।

अब गृहमन्त्रीलाई यो भन्दा ठूलो प्रमाण के चाहिन्छ ?झुटलाई समेत दबाएर दरिलो आत्मविश्वाससहित ठोकुवा गर्ने आदत परेका रविलेयस्ता आलोचित मन्त्रीको राजीनामा माग्नु त परेकै कुरा यसै पचाइदिनु ठूलो कुरा रहेन । हालखबर पुरातन पार्टीको नयाँ नेतृत्वमा उदाएका लिङ्देनको पनि उही छ ।‘भ्रष्टाचार गर्नु आमा रगन खानु हो’ भन्ने लिङ्देनले भ्रष्टाचारकै मुद्धा झेलेका विक्रम पाण्डेलाई मन्त्री बनाएका छन् ।जनबोलीको भाषामा नामुद ठेकेदारको पहिचान बनाएका पाण्डेलाई स्वार्थ बाँझिने गरिशहरी विकास मन्त्रालयकै साँचो बुझाएपछि लिङ्देनको लडाइँ सत्ताभोगकै लागि थियो भन्ने प्रष्ट भएको छ।

यस्तै कारणले नयाँ नेता र नयाँ मन्त्रीको मजाक जनताले उडाइरहेका छन् । जनताभन्दा धेरै पुराना दल र पुराना नेताहरुले उडाइरहेका छन् । रवि–लिङ्देनको भूमिका नै अहिले सत्ताका लागि ओली–प्रचण्डको प्रयोग हुनु मात्रै बनेको छ ।यस्ताबाट परिवर्तनको आश गर्नु फेरि एकपटक धोका खानुजस्तै हो भन्ने चर्चा विज्ञ तप्काले गरिरहेका छन् ।गलत गर्नेलाई ड्याङग ठोक्लान् भन्ने आश गरिएका रविले हत्या आरोपीकै संरक्षणमा गर्न भूमिका खेलिरहेका छन् । कोइरीजस्ता सांसदसँग थुरथुरी रवि काँपेको पटक्कै सुहाएको छैन ।

कति प्रहरी अधिकारी नै बरु बामदेव गौतमको चल्छ तर रविको प्रहरी संगठनभित्र चल्दैन भने खिल्ली उडाइरहेका छन् ।अब प्रहरीले पक्रिन मान्दैन तर जे हुन्छ विधि अनुसार नै हुन्छ भन्दै सत्तामा टाँसिनुभन्दा माथिको हैसियत रविको पनि बाँकी रहेन । रविबाट हुनेभए अहिलेसम्म धेरै भइसक्थ्यो ।लिङ्देनभन्दा बलिया पाण्डे छन्, भन्न त नहुने हो, तर सिक्टा सिँचाइँजस्ता धेरै आयोजनामा भ्रष्टाचार गरेका पाण्डेले बढी बोले लिङ्देनलाई पनि किन्दिन सक्छन् । अनि जतिसुकै विरोध र प्रश्न उठेपनि के मतलब ?के को नैतिकता ?ओठेभक्तीकै भरमा भगवान् भएर बसेका यीनीहरुभन्दा लायक त उनै पुराना हुन कि भन्ने प्रमाणित हुँदै गएको छ ।