Breaking

५० लाखको लोभले नेपाली युवाको हत्या, भारत लगेर गाडिँयो, अपहरणकारीले यसरी दिए धम्की


काठमााडौँ — जनकपुरधामका दुई युवालाई अपहरण गरि भारतमा हत्या गरिएको छ ।अपहरणपछि फिरौती रकम माग गरेपनि आइतबार दुवैको लास फेला परेको हो । आजभन्दा १३ दिनअघि जनकपुरधामका दुई युवा अपहरण परेका थिए । जसको लास अहिले यो ट्याक्टरको ट्रलीमाथि छ, घरपरिवार रुवाबासीमा छ । पुस २७ गते २१ बर्षीय रोहित साह र २२ बर्षीय विष्णु साहन्वारनको भोज खान भारतमा रहेको मामाघर गएका थिए । तर त्यसको दुईदिनपछि रोहितका बुवा जगदिशको मोवाइलमा फोन आयो । अपहरणकारीले छोरा आफ्नो कब्जामा रहेको भन्दै १० लाख दिए छोड्दिनेनत्र हत्या गर्ने धम्की दिए ।

तत्कालै प्रहरीलाई जानकारी गराए पनि उनीहरु पैसाको बन्दोबस्त गर्नतर्फ पनि लागे । तर अपहरणकारीले पुनः फोन गर्दै ५० लाखको माग गरे । रोहितका बुबा जगदीशले त्यत्रो पैसा आफुसँग नभएको बताएपछि अपहरणकारीले २० लाख लिएर सर्लाहीको मलंगवा बोर्डरमा आउन अह्याएका थिए । तर मंगलबारदेखि कुनै सम्पर्क नभएका उनीहरुको आइतबार लास फेला परेको छ ।

अपहरणकारीको फोन आएकै दिन मृतकका बुवाले प्रहरीमा मौखिक जानकारी गराएपछि जिल्ला प्रहरी र प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतीय प्रहरीसँग समन्वय गरेर खोजतलास गरेको थियो। उनीहरु सुरक्षित रहेको भन्दै प्रहरीले घरपरिवारलाई नआत्तिन भनेको थियो । तर आइतबार बिहान करिब साढे दुई बजे भारतको बिहार राज्यस्थित सितामढी जिल्लाको पर्सा ग्राम थानामा दुई वटा शव गाडिएको अवस्थामा फेला परेको भन्दै प्रहरीले आफन्तलाई एकिन गर्न बोलाएपछि उनीहरुको हत्या भएको खुलेको हो ।

अहिले परिवार शोकमा डुबेको छ । हत्या आरोपमा दुईजना नेपाली र तीन भारतीय पक्राउ परेका छन् । दुई जना नेपालीहरुमा महोत्तरीको मनरा सिसवा नगरपालिका–२ इटहर्वाका २४ बर्षीय किसनकुमार पण्डित र मुकेश पासवान छन् । हत्यामा अरुपनि संलग्न रहेको आशंकामा प्रहरीले खोजिरहेको छ । घरबाट सकुशल निस्किएका छोराहरु लास बनेर फर्किएपछि परिवार शोकमा परेको छ ।फिरौती रकम दिन परिवार राजी भएपनि अपहरणकारीले हत्या गरेपछि अहिले न्यायका लागि उनीहरुले अनुरोध गरेका छन् ।तर सीमा हुने यस्ता अपहरण र हत्याकाण्डले सुरक्षा चुनौती बढाएका छन् ।