Breaking

गगन द्वन्द्व, देउवासँग टाँसिएका शेखरलाई सभापतिको सोख, गगनलाई नेता मान्दा सशंकित शेखर समूह


काठमाडौँ — नेपाली काँग्रेसको संस्थापनइतर समूहभित्र मतभिन्नता बाँझिन थालेको छ । संसदीय दलको निर्वाचनदेखि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको विषयसम्म यो समूह एकढीक्का छैन । तर यतिनै बेला शेखरलाई आगामी महाधिवेशनको सभापतिको उम्मेदवार बनाउन माग गरिएको छ । देशकै नम्बर वान पार्टी नेपाली काँग्रेस संसदभित्रप्रमुख प्रतिपक्षको हैसियतका लागि एक सिटे नेमकिपासँग प्रतिस्पर्धा गर्ने हालतमा छ ।प्रधानमन्त्रीलाई विश्वासको मत दिएर काँग्रेसले प्रतिपक्षी हैसियत गुमाएको भन्दै नेमकिपाका सांसद प्रेम सुवालले आफुलाई प्रतिपक्ष घोषणा गर्न सभामुखसमक्ष माग गरेपछि काँग्रेस आत्तिएको छ । फलतः प्रमुख सचेतक रमेश लेखकले आफु नै प्रतिपक्ष भएको भन्दै सभामुखसमक्ष ध्यानाकर्षण गराएका छन् ।

तर सभामुख एमालेकै भएकाले ओलीले चाहे काँग्रेस प्रतिपक्ष कित्ताबाट पनि भित्तामा पुग्ने छ । जसरी सरकार हुँदै सभामुख र अब राष्ट्रपतिमा समेत त्यही नियती दोहोरिने अवस्था बनेको छ । यसमा शेखर–गगन समूहले गल्ती स्वीकारेको छ । समूहभित्र अन्तरविरोध भएपनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर काँग्रेसले गल्ती गरेको निष्कर्ष शेखर–गगन समूहले गुट भेलामार्फत निकालेको हो ।

संसदीय दलको निर्वाचनमा महामन्त्री गगनकुमार थापाले गुटभित्रकै टुटफुटका कारण इतिहासकै कमजोर परिणाम ल्याएर हारेपछि शेखर–गगन समूह एक छैन । कतिपय नेताले त्यसको दोष समूहका नेता शेखरमाथि थुपारेका छन् । गगनलाई रोक्नकै लागि शेखर सम्बद्ध नेताहरुले मत नदिएको आशंका उनीहरुको छ । झनसभापति देउवाकै लाइनमा उभिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिँदा शेखरले समर्थन जनाएपछि उनीहरुबीच तिक्तताको सीमा छैन ।

गगन सम्बद्ध नेताहरुले शेखरलाई इतर समूहको नेता नै मान्न छोडेका छन् ।त्यसको असर आगामी महाधिवेशनसम्म जाने र समूह झनै चिरा पर्ने चिन्ताले फेरि मझदारको बाटो खोज्न थालिएको छ । त्यसका लागि शेखरलाई अहिल्यै १५ औं महाधिवेशनको सभापतिको उम्मेदवार घोषणा गर्न उपसभापति धनराज गुरुङले माग गरेका छन् ।

नीति महाधिवेशन गराउने मुद्धामा असफल भएको यो समूह १५ औं महाधिवेशन आउन तीनबर्ष बाँकी नै रहेका बेला शेखरलाई सभापतिको उम्मेदवार घोषणा गर्न लालयित बनेको हो । जबकि शेखरले सहमति गरेरै गगनलाई संसदीय दलको नेतामा सर्मथन जनाएका थिए । तर निर्वाचनमा आफुसँग भएमध्येबाट पनि मत आएपछि आगामी महाधिवेशनमा गगनले शेखरलाई बोक्ने सम्भावनामाथि शंका उत्पन्न भएको छ ।यसबाट सशंकित बनेका शेखरले आफुनिकट धनराज गुरुङ, चन्द्र भण्डारी र बद्री पाण्डेलाई खटाएर प्रस्ताव गर्न लगाएका छन् ।

कतिपय नेतालेदेउवासँग चुनाव हारेपछि इतरसमूहको नेता गगनलाई नै मान्न थालेपछि शेखरलाई सह्य भएको छैन ।फलतः देउवाविरुद्ध रणनीति बनाउन बसेको बैठकमा टिकटमा देउवासँग मिलेमतो गरेकोदेखि समानुपातिकमा हिस्सा लिएर मन्त्री माग्न गएकोसम्मका प्रश्न शेखरले सामना गरेका छन् ।किनकि प्रत्येक महाधिवेशनमा स्वार्थ सिद्धिकै लागि गुट फेर्दै राजनीतिक हैसियत बनाएका गगनलाई फकाउनु शेखरको बाध्यता बनेको छ ।

प्रदीप पौडेल र विश्वप्रकाश शर्मालाई सँगसँगै लिएर हिडिरहेका गगनले अर्काे महाधिवेशनमा विश्वप्रकाशलाई सभापतिमा समर्थन गर्ने सक्ने शंका पनि शेखरसम्बद्ध नेताहरुमा छ । फलतः गुट भेला समूहभित्रकै आरोपप्रत्यारोपले निष्कर्षविहिन सकिएको छ ।