देश

‘संखुवासभाका सफल व्यक्तित्वहरु’ पुस्तक सार्वजनिक


काठमााडौँ — संखुवासभाका सफल व्यक्तित्वहरु’ पुस्तक सार्वजनिक भएको छ । संखुवासभा जिल्लामा जन्मिएर विभिन्न क्षेत्रमा उच्च स्थानमा पुगेका सफल ३१ व्यक्तिहरुको जीवनी, अनुभव र दृष्टिकोण समेटिएको उक्त पुस्तक काठमाडौँमा आयोजित एक कार्यक्रमका वीच लोकापर्ण गरिएको हो । कार्यक्रमलाई संम्बोधन गर्दै बागमती प्रदेश प्रमुख तथा प्रमुख अतिथि यादवचन्द्र शर्माले नेपालको बिकासमा पहिलो स्थान र भूमिका निर्वाह गर्ने व्यक्तिहरुको छुट्टा छुट्टै अनुभव र दक्षता एउटै पुस्तकमा समेटिएकाले पुस्तक पठनीय र ऐतिहाँसिक हुने बताउनुभयो ।

‘पुस्तकमा समेटिएका व्यक्तिहरु संखुवासभाको मात्र नभई सिंगो नेपाल र अन्तर्राष्ट्रिय छबी बनाउन सफल व्यक्तिहरु भएको तथा उनीहरुको ज्ञान, अनुभव, अनुभुति र दृष्टिकोण नयाँ पुस्ताकालागि पनि मार्गदर्शक बन्ने शर्माको भनाई थियो । त्यस्तै संखुवासभाका सांसद दिपक खड्काले पुस्तकमा सम्मिलित व्यक्तीहरु नेपालको समग्र विकास र प्रशासनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । पाठक धारा टोल विकास संस्था संखुवासभाले प्रकाशन गरेको पुस्तकमा बिभिन्न बिद्यामा उच्चता हासिल गरेका संखुवासभाका ३१ जना व्यक्तिहरुको जीवनी र दृष्टिकोण समेटिएको छ ।

नेपाल सरकारका उर्जा सचिव दिनेश घिमिरे, अमेरिकाका लागि नेपालका पूर्व राजदूत तथा विकासविद् डा।अर्जुन कार्की, उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष तथा उद्योगपति कुशकुमार जोशी, राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ,संस्कृतिविद् प्राध्यापक रमेश ढुंगेल लगायतको अनुभव र अनुभूती समेटिएको सो पुस्तकको भीमबहादुर कट्टेल संयोजक रहेको सम्पादक मण्डलले सम्पादन गरेको हो ।