Breaking

हजारौंकी आमा इन्दीरा उपसभामुख, के हो इन्दीराको बायोग्राफी ? गर्व गराउने इतिहास


काठमाडौँ — लामो समयदेखि समाजसेवा र बालबालिकाको क्षेत्रमा काम गरिरहेकी इन्दिरा राना मगरलाई प्रतिनिधिसभाले उपसभामुखको रुपमा पाएको छ । विगत ३ दशक देखि अभिभावकत्व गुमाएका हजारौँ बालबालिकाको अभिभावक बनेकी उनी अहिले देशकै अभिभावक बनेकी छन् । विसं २०२७ सालमा झापाको शनिश्चरे–६ मा जन्मेकी नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगर सदनमा नयाँ अनुहार हुन् ।

भुईमान्छे देखि उठेर विभिन्न संर्घष गर्दै असाहाय बालबच्चाको साहारा बन्दै कैदी बन्दीका बच्चालाई आमाको माया र ममता दिएर हुर्काएकी उनी अहिले देशको उपल्लो पदमा पुगेकी छन् । एक हुँदै संस्था र संस्थाबाट देशको अभिभावक बन्ने अवसर उनलाई प्राप्त भएको छ ।

संसदीय राजनीति सुरु गरेको छोटो समयमा नै उपसभामुख जस्तो उच्च ओहोदामा पुगेकी मगरले समाज रुपान्तरणमा गरेको योगदान र अथक प्रयासबाट प्राप्त कर्मको फल भएको टिप्पणी भइरहेको छ । उपसभामुखको रास्वपाबाट सांसद सोविता गौतमको चर्चा यिो । र उनले रहर पनि गरेकी थिइन् । तर उनै सोविताले आफ्ना सहकर्मीलाई उपसभामुखका लागि प्रस्ताव गरिन् । विना कसुर कारागारको चौघेरामा थुनिएका थुप्रै बालबालिकाको ‘आमा’ हुन् उपसभामुख राना मगर ।

कैद भुक्तान गरिरहेका अभिभावकसँगै कारागार पुगेका र त्यहीं जन्मिएका ती थुप्रै लालावालालाई उच्चशिक्षा दिएर खुला संसार देखाइसकेकी छन् उनले । बीबीसीले प्रदान गर्ने ‘१०० विमन च्यालेञ्ज’ अन्तर्गत सन् २०१७ का लागि प्रेरणादायी तथा सृजनशील महिला पुरस्कार विजेता बन्दी सहायता नेपालकी सस्थापक उनलाई उनले गरेको कामले नेपालमा मात्रै होइन, विश्वभर चिनाएको छ । विभिन्न आरोहअवरोहको सामना गर्दै यहाँसम्म आईपुगेकी उनले आफुले पाएको पदको सम्मान र गरिमा राख्दै स्वतन्त्र र निष्पक्ष भएर काम गर्ने प्रण गरेकी छन् ।

साना र कलिला बालबालिकाको अभिभावक बनेकी उनै ममतामयी ‘आमा’ अहिले देशकै अभिभावक बन्दा बन्दी सहायता नेपालमा खुशीयाली छाएको छ । उनकै छत्रछायाँमा हुकिएर काम गरेका विद्यर्थी, सारथी, सहयोगीहरु मगर उपसभामुख भएकोमा दंग छन् । एउटा सही व्यक्ति बालबालिका र जनताको आवाज भएर ठाउँमा पुगेकोमा उनीहरु उमंग छाएको छ ।

‘आमा’ शब्द त्यसै जो कोही माथि निस्किदैन, तर हजारौंको आमा बनिसकेकी उपसभामुख राना मगरलाई समय र परिस्थितिले नयाँ यात्रामा डोहार्याएको छ । ठाउँ र कार्य क्षेत्र उनका लागि विल्कुलै नयाँ हो । तर उनले विगतमा गरेका काम र संर्घषले आगामी आउने चुनौतीलाई पनि सहजै सामना गर्ने अपेक्षा गर्न सकिन्छ ।