Breaking

पर्यटन क्षेत्रलाई अर्को धक्का, पोखरा विमान दुर्घटनाको असरले पर्यटन क्षेत्र खस्किने पीर


काठमााडौँ — हिउँदयाम समाप्तींगै मौसमी पर्यटन समय सुरु हुनै लागेको छ । हिमाल आरोहण तथा ट्रकिङको मौसम सुरु हुनै लाग्दा पोखरा विमान दुर्घटनाले विदेशी पर्यटक आगमनमा गम्भीर असर पर्न सक्ने चिन्ता पैदा गराएको छ । आइतबार पोखरामा यती एयरलाइन्सको नाइन एनए एनसी एटीआर ७२ विमान दुर्घटनाले धेरैलाई झस्काइ दिएको छ । वर्षमा २/३ वटै विमान दुर्घटना र ठूलो मानवीय क्षति भइरहेपछि विश्व हवाई उडड्यन क्षेत्रले नेपाललाई असुरक्षित त मानेको छ नै ।

पर्यटक आगमनलाई समेत यसले गम्भीर असर पुर्याउने देखिएको छ । अबको करिव एक महिनामा पर्यटनको सुख्खायाम मौसम सुरु हुँदैछ । स्प्रिङ सिजनमा सगरमाथा लगायत दर्जन बढि हिमाल आरोहण, ट्रेकिङ तथा ट्राभल टूरमा पर्यटकको ओइरो लाग्छ । तर पोखरा जहाज दुर्घटनाले यस वर्षको पर्यटक आगमनमा नमिठो धक्का दिन सक्नेमा पर्यटन व्यवसायीहरु चिन्तीत छन् ।

नेपालको हवाईसेवा असुरक्षित भएकै कारण नागरिक उड्डयनको अन्तर्राष्ट्रिय निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) ले नेपाललाई असुरक्षित सूचीमा राखेको वर्षौ भयो । यहि सुचिका आधारमा युरोपमा नेपाली विमानको उडानमा प्रतिवन्ध छ । उड्डयन सुरक्षाको औसत स्तरभन्दा पनि तल नेपाल परेको भन्दै सन् २०१३ यता युरोपेली संघ इयूले नेपाललाई कालो सूचिमा राखेको छ । पर्यटकका लागि सुरक्षित यात्रा पहिलो सर्त हो । हवाई यात्रा नै असुक्षित सुचिमा पर्दा त्यसको असर पर्यटन क्षेत्रले वेहोर्दै आएको छ । मुलुकको हवाई क्षेत्र सुधार नहुनुमा नियामक निकाय नै दोषि रहेको विज्ञहरुको तर्क छ । कानुन कार्यान्वयन अभावले हवाई क्षेत्रमा जोखिम बढेको उनीहरुको दावी छ ।

सन् २०२२ को अन्ततिर स्थलगत अनुगमनपछि इयूले नेपाललाई कालोसूचीबाट हटाउन पुर्नविचार गर्ने इयूको प्रतिक्रिया दिएको थियो, पछिल्ला दुई दुर्घटनापछि इयु र आईकाओले के लिने निर्णय पति चिन्ता बढेको बेला, कोरोनाले थलाएको पर्यटन क्षेत्र सुधारका लागि भ्रमण दशक योजना तय हुँदै गर्दा मुलुकले नयाँ सरकार पाएको छ । नयाँ पर्यटनमन्त्री पाएको छ । नवनियुक्त पर्यटनमन्त्री सुदन किरातीले मंगलवार पदभार ग्रहण गर्दै नेपालको हवाई क्षेत्रको सुधारमा प्रतिवद्धता जनाएका छन् ।

यातायातको दुनियाँमा सबैभन्दा सुरक्षित हवाईयात्रा मानिन्छ । तर नेपालमा हवाईजहाजको दुर्घटना नियमित आकस्मिकता जस्ता छन् । यो वर्ष भएका दुई ठुला दुर्घटनाले नेपाली हवाईसेवामाथी थप चिन्तित तुल्याएको छ । पर्यटन क्षेत्र थप भयभित छ । यसतर्फ सरकार कति जिम्मेवार बन्छ र नेपाल यात्रा सुरक्षित छ भन्ने सन्देश कसरी प्रवाह गर्छ त्यो चासोपूर्ण हुनेछ ।