Breaking

प्रधानमन्त्री दाहाल र डा.सन्दुक रुइतबीच भेटवार्ता


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तिलगगा अँखा केन्द्रका निर्देशक डा. सन्दुक रुइतबीच शनिबार भेटवार्ता भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले तिलगङ्गा आँखा केन्द्रलाई मानिक विश्वविद्यालयको रूपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् । डा. रुइतले तिलगंगा आँखा केन्द्रलाई विश्वविद्यालयका रुपमा विकास गर्न सरकारलाई आग्रह गरेका थिए । प्रधानमन्त्रीले पनि डा. रुइतको चाहना अनुसार विश्वविद्यालय बनाउन सहयोग गर्ने बताएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

विश्वविद्यालय बनाउने विषय अत्यन्तै सकारात्मक छ’ भेटमा प्रधानमन्त्रीले भने, ‘यससम्बन्धी आवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल हुन्छ । डा. रुइतले हालैमात्र बहराइन सरकारले प्रदान गर्ने इसा अवार्ड पाएका थिए । प्रधानमन्त्री प्रचण्डले यो सम्मानले नेपालको शीर उँचो राखेको पनि बताए । ‘यो अवार्डले देशकै सम्मान बढाएको छ। नेपालमा अन्तर्राष्ट्रियस्तरका दक्ष जनशक्ति छन भन्ने सन्देश दिएको छ’ प्रधानमन्त्रीले भने, ‘मानवीय सेवाका लागि तपाईको योगदानको कदर देशकै कदर हो ।