देश

सेर्कु शेर्पाद्वारा लिखित पुस्तक लोकार्पण


काठमाडौँ — हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका निवर्तमान महासचिव, लेखक तथा शेर्पा संस्कृति अनुसन्धानकर्ता सेर्कु शेर्पाद्वारा लिखित शेर्पा भाषा र लिपि तथा आधारभुत उद्घोषण तथा भाषणकला नामक पुस्तक लोकार्पण भएको छ । नेपाल शेर्पा संघको भवनमा सेरनिमा प्रतिष्ठान नेपालको आयोजनामा विश्व शेर्पा संघका अध्यक्ष आङ दोर्जी शेर्पा (लामा)को प्रमुख आतिथ्यमा शेर्पाद्वारा लिखित पुस्तक लोकार्पण भएको हो ।

पुस्तकको माध्यबाट शेर्पा समुदायको भाषा, कला र साँस्कृतिक जगेर्ना गर्न सहयोग पुग्ने विश्वासले पुस्तक प्रकाश गरेको लेखक शेर्पाले बताउनुभयो । पुस्तक पैसाको लागि नभएर समुदायमा सहयोग पुगोस् बन्ने उदेश्यले लेखिएको बताउनु भयो । लोकार्पण कार्यक्रमका प्रमुख अतिथि विश्व शेर्पा संघका अध्यक्ष आङ दोर्जी शेर्पा लामाले पुस्तकको मध्यबाट शेर्पा समुदायको भाषा संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागी रहेको थियो ।