Breaking

मैले बोल्नेमात्रै होइन, त्यो नतिजामा पनि देखिने होः गृहमन्त्री


काठमाडौँ — प्रतिनिधिसभाको शनिबारको बैठकपछि बाहिरिनेक्रममा गृहमन्त्री रवि लामिछानेले फरार प्रतिवादी संसद्‌मा आउँदा पनि पक्राउ गर्न नसकेको विषयमा चाँडै नतिजा आउने बताएका छन् । मैले बोल्नेमात्रै होइन, त्यो नतिजामा पनि देखिने हो । यो विषयमा पनि त्यही हो,’ उनले भने, ‘हामीले निर्देशन गरिसकेका छौं । अब नतिजामा देख्नुहुन्छ । उनले आफूले नतिजामुखी काममा ध्यान दिइरहेको बताए ।

तपाईंले निर्देशनमात्रै दिने र विज्ञप्ति निकालेर प्रचार गर्ने हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘हामीले काम गर्ने हो । काम गरेपछि कहिलेकाहीं विज्ञप्ति पनि आउँछ । हामी रिजल्ट ओरेन्टेड नै छौं । विज्ञप्ति सबैको जानकारीका लागि निकालिएको हो, लोकप्रियताका लागि गरिएको होइन । ज्यान मुद्दामा प्रतिवादी रहेका लक्ष्मी महत्तो कोइरी नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।