Breaking

सशस्त्र युद्ध र सडक आन्दोलनबाट राजनीति उपलब्धी हो भन्ने मान्यता तोड्नुपर्छः सांसद शाही


काठमाडौँ— सांसद ज्ञानेन्द्र शाहीले सशस्त्र युद्ध र सडक आन्दोलनबाट मात्र राजनीतिमा स्थापित भइन्छ भन्ने मान्यता तोडिदै गएको बताएकी छन् । शनिबार प्रतिनिधिसभामा उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरलाई समर्थन गर्दै उनले समाजसेवा र नागरिकको सेवाबाट पनि राजनीतिमा स्थातिप हुन सकिने बताए ।

उनले भने, ‘राजनीतिक उपलब्धी भनेको सिर्फ सशस्त्र युद्ध वा सडक आन्दोलनबाट स्थापित हुन्छ भन्ने मान्यतालाई तोड्नु र समाजसेवा र नागरिकको सेवाबाट पनि राजनीति स्थापित हुन्छ भन्ने स्थापित गर्नु भनेको कुनै व्यक्ति र दलको समर्थन गर्नु होइन । सांसद शाहीले भ्रष्ट्राचारको फइल अख्तियारको दराजमा धुलो लागेर थन्किएको तर कारबाही नभएको बताए ।