Breaking

संसदमा महिलालाई चेली भनेर सम्बोधन नगर्न संसद सुमना श्रेष्ठको अनुरोध


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले अनुरोध गरेकी छन् । यो सदनमा धेरै चोटि सुनियो चेली । महिलालाई, महिला नेतृलाई चेली भनेपछि पुरूषहरूलाई चेला भन्छौं भन्या त सुन्या छैनौं ।

त्यसैले मेरो आह्वान छ महिला नेतृहरूलाई चेली नभनियोस् शनिबार प्रतिनिधिसभा बैठकमा छलफलको क्रममा भाग लिँदै उनले भनिन् । यदि आत्मीयता नै छ भने ३३ प्रतिशत न्यूनतम हो ५० प्रतिशत महिला यो सदनमा पठाइयोस् भन्दै उनले अनुरोध गरिन्।