काठमाडौँ— सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठक अहिले ११ बजेका लागि बोलाएका छन् ।
संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा बस्नेछ ।
सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि बोलाएको यो पहिले सर्वदलीय बैठक हो । उनी माघ ५ गते प्रतिनिधि सभाबाट १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका हुन् ।


प्रतिक्रिया