Breaking

पुराना फरार समातिने मात्रै होइन नयाँ फरार हुन नपाउने गृहमन्त्री लामिछानेको भनाई


काठमाडौँ— उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चुनाव प्रचारका क्रममा बोलेका कुराको हेक्का आफूलाई रहेको जनाएका छन् ।

रविले गृहमन्त्री हुँदा पनि फरार अभियुक्त संसद भवनमै आउँदासम्म पक्राउ गर्न नसकेको भनेर आलोचना भइरहँदा सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले पुराना फरारहरू समातिने बताए ।

उनले लेखेका छन्, ‘पुराना ‘फरार’हरू समातिन्छन् मात्र होइन, धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ । हिजो बोलेका शब्द–शब्दको हेक्का छ, भोट माग्दा गरेका वाचाहरूको हेक्का छ । मिडियाको हेडलाइन म बदल्न सक्दिनँ तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दैछु । धुलो धेरै छ, पुरानो छ, थोरै पर्खिनु चाहिँ पर्छ ’ ।