Breaking

देउवा–ओली भिड्दा प्रचण्डलाई हाईसन्चो, किन माओवादीलाई प्रश्न गर्दैन एमाले ?


काठमाडौँ— आफ्नो प्रमुख प्रतिस्पर्धी रहेपनि विगतका दिनमा कांग्रेसप्रति खासै आक्रमक नदेखिएका ओली पछिल्लो समय आक्रामक देखिएका छन् ।

एक समय सहकार्यमा सरकार गठनसम्मको आह्वान समेत गरेका उनले मुटु नै मिचेर प्रचण्डसंग सम्बन्ध बढाएपछि प्रचण्डसंगै जोडिन खोजेको कांग्रेसप्रति आक्रोश पोख्न थालेका हुन । जसको शिलशिला राष्ट्रिय सहमतीको सरकारको नाममा राष्ट्रपतिमा कांग्रेसले ओलीकै भासामा ढोक्सा थापेपछि अझ बढेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आवश्यक नै नरहेको विश्वासको मत दिएर शंकाको खेती गरिरहेका कांग्रेस त्यसको भार खेप्न थालेको छ । आफ्नो कदमले दुई वामशक्तीविच फाटो आउने र राष्ट्रिय सहमतीका नाममा भाग पाईन ढोक्सा थापेको कांग्रेस प्रचण्डकै दोधारे नितिका कारण एमालको तारो नै बनेको छ ।

विगतमा वहुमतको सरकारबाट भित्तामा पुग्दा समेत कांग्रेसप्रति नरम देखिएका एमाले अध्यक्ष केपी ओली अहिले गरम बन्दै गएका हुन । प्रचण्ड अहिले पनि सहमतीका नाममा देउवालाई यथासक्य सहयोग गरेको देखाउने रणनितिमा छन । यसले ओलीको पेलान सन्तुलनमा राख्न सहज हुने वुझेका उनी कांग्रेसले साथ नछोडिदेओस भन्ने मै छन् । तर कांग्रेसको ईन्ट्रीको रिसले पछि हटे सवैथोक गुमाउने नहटे केहि गर्न नसकिने वुझेका ओली भने प्रचण्डलाई भन्दा कांग्रेसलाई नै तर्साउने बाटोमा छन ।

यसैको एक उदाहरण मंगलबार ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठकमा ओली र नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकबीच चर्काचर्कीलाई हेर्न सकिन्छ । एमाले अध्यक्ष ओलीले सर्वदलीय बैठकमा कांग्रेसले सरकारलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्ष दलको हैसियत गुमाएको भन्दै टिप्पणी गरेपछि नेता लेखकले त्यसको जवाफ फर्काएका थिए । लेखकले जवाफ फर्काएपछि दुईबीच चर्काचर्की भयो र बैठक नसकिँदै ओली बालुवाटार छाडेर हिँडेका थिए ।

अर्थात सत्ता पक्ष बनाएर केहि पनि नदिने र प्रतिपक्ष बनेर फाईदा लिन पनि नदिने दाउमा ओली छन । तर कांग्रेसले जाल हाल्न नछाड्ने बुझिसकेका उनी गठबन्धन दलहरुबीचमा राष्ट्रपति सहित सबै संवैधानिक पदमा सहमति भइसकेकाले आँखा नलगाउन कांग्रेसलाई चेतावनी दिदै आएका छन । विगतका दुई बर्षमा माधव र प्रचण्डलाई मात्र गालि गरेका उनले अहिले त एक एक दोष कांग्रेसमाथि थोपरिरहेका छन ।

अहिले ओलीले प्रश्न आफ्नै सहयोगले प्रधानमन्त्री बनेका तर कांग्रेसलाई फकाईरहेका प्रधानमन्त्री प्रचण्डलाई गर्नुपर्ने हो । तर दुवै तर्फबाट विश्वासको मत पाएको सुविधामा रहेका उनीमाथि प्रश्न गर्न सक्ने अवस्थामा ओली छैनन् । यता कांग्रेस अहिले नपाए पनि पछि कम्युनिष्ट एक हुने र आफू पत्तासाप हुनसक्ने सम्भावना टार्न भएपनि प्रचण्डलाई दिएको विश्वास काम लाग्ने बुझाईमा छन ।

फलत प्रचण्डले दिएका ललिपपहरु त्यति मिठो नै नभएपनि फालिहाल्न नसकेको कांग्रेसको यहि वाध्यता आफूलाई घातक हुने ओलीको बुझाई छ । यहि बुझाईका कारण भित्रबाट रवि र राजेन्द्रमार्फत प्रचण्डमाथि पनि दवाव बढाउने र बाहिर कांग्रेसमाथि पनि गाली बर्साएर सत्ता गठबन्धन र कांग्रेसविचमा दरार ल्याउने प्रयासमा ओली छन ।

यसैका प्रतिक्रिया स्वरुप कांग्रेस पनि एकै गठबन्धनको माओवादी वोक्ने र एमालेलाई प्रहार गर्ने रणनितिमा छ ।

खासमा प्रचण्डले चाहेको भने अहिलेको अवस्था नै हो । दुवै पक्षले आफूलाई मित्र मानेर अघि बढ्दै गर्दा लड्ने र भिड्ने पनि पक्षमै रहेका छन् । जसले दुई ठुला शक्तीकावीचमा विचौलिया बनेर खाने उनको रणनितिमा अझ मलजल पुगेको छ ।

तर यो भिडन्त कांग्रेसले अव अन्तिम अश्त्रका रुपमा हेरेको राष्ट्रपति निर्वाचन पछि भने कसरी बढ्छ यसै भन्न सकिने अवस्था छैन ।