Breaking

उपसभामुखको निर्वाचन भोलि, इन्दिरा र मुक्ताकुमारी प्रतिस्पर्धामा, गठबन्धन ढुक्क


काठमाडौँ— प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचनगरिसक्नुपर्ने संवैधानिकव्यवस्था छ। विहिबार सभामुखकानिर्वाचन सम्पन्नभएलगत्तै शनिवार प्रतिनिधिसभाको उपसभामुखको चुनावहुँदैछ ।

माघ ७ गते शनिवार अर्थात भोलि दिनको एक बजे प्रतिनिधिसभाको उपसभामुखपदकालागिनिर्वाचनहुँदैछ ।सदनको उपसभामुखपदकालागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद इन्दिरा रानामगर र नेपालीकांग्रेसकीमुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गरेका छन ।

रानाको प्रस्तावक सोवितागौतमर समर्थक एमालेका कृष्णगोपालश्रेष्ठ, नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् । मंसिर चारमा सम्पन्नचुनावमापूर्व सभामुखओनसरी घर्तीलाई पराजितगर्दै कानुनमन्त्रीबन्ने होडमा रहेकीशोभितागौतमलाई पछि पार्दै राना सत्ता गठबन्धनबाट उपसभामुखपदमाउम्मेदवार बनेका हुन् ।

कानुनमन्त्रीबन्न नपाएपछि उपसभामुखमाचित्तबुझाउनखोजेकीशोभिताआफै रानाको प्र्रस्तावक बनेकी छिन् । उपसभामुखपदकै लागिप्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्ड, सत्तागठबन्धनका संयोजकएमाले अध्यक्ष के.पीशर्मा ओलीलाई समेत भेट गर्न भ्याएकी सोविताले पार्टीभित्र समावेशीताको मुद्धा उठेपछि उपसभामुख पदबाट पनिहातधुनु परेको हो ।

सत्ताको सबथोक गुमाएको नेपालीकांग्रेसले विहिवार सभामुख पद पनिगुमायो । शनिवार हुने उपसभामुखको चुनावीप्रतिस्पर्धामा धनुषाबाट समानुपातिकतर्फबाट कांग्रेस सांसद हुन् यादव। दोस्रो संविधान सभामा सभासद, २०७४ सालमामधेस प्रदेशबाट राष्ट्रिय सभा सांसद बनेकीथिइन ।

यादवको प्रस्तावकमाबद्रीप्रसाद पाण्डे , समर्थकमा नेकपाएकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथशुक्ला रहेका छन् ।

सभामुख र उपसभामुख फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था छ । सभामुखमा सत्ता गठबन्धनका देवराज घिमिरे निर्वाचित भएपछि उपसभामुख पदका लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीर्की इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवलेउपसभामुखपदमाउम्मदवारी दिएकाहुन् ।

अंकगणितका आधारमा रातारातकुनै राजनीतिक कोर्ष नफेरिए गठबन्धनका उम्मेदवार राना मगर नै उपसभामुख चयन हुने निश्चित छ ।