Breaking

विश्वासको मत पायो कर्णाली सरकारले


काठमाडौँ — कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा ‘आर्ट’ ले विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबारको प्रदेशसभा बैठकमा शर्मालाई २५ सांसदको मत प्राप्त भएको हो । ४० सदस्यीय प्रदेशसभामा पक्षमा २५ र विपक्षमा १४ मत खसेको हो।

मुख्‍यमन्त्री शर्मालाई स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले समेत विश्वासको मत दिएका छन् । यस्तै नेकपा माओवादी केन्द्रको १३, एमालेको ९, नेकपा एकीकृत समाजवादीको १, राप्रपाको १ मत गरी २५ मत प्राप्त गरेका हुन्। नेपाली कांग्रेसका १४ सांसदले भने विपक्षमा मतदान गरे।