देश

नगरसभाको बैठक चलिरहेकै समयमा बिहेको कार्ड बाँड्दै


काठमाडौँ — काठमाडौं महानगरपालिकाको १२औं नगरसभा अधिवेशन राष्ट्रिय सभा गृहमा जारी छ । वैठकमा एउटा रोचक दृश्य देखियो । विधेयकमा छलफल गर्न नाम टिपाएर नगरसभा सदस्यहरुले बोलिरहने बेला एक जनप्रतिनिधिले बिहेको कार्ड बाँड्न थाले ।

बैठक चहिरकै बेला तलबाट माथिसम्म सबैलाई बिहेको कार्ड बाँड्दै हिँड्दा महानगरका मेयर बालेन साहसहित अन्य जनप्रतिनिधिले खासै वास्ता गरेका थिएनन् । जब ३२ नम्बर वडा सदस्य हिरादेवी पोखरेलको पालो आयो, उनले रोक्न भनिन् । ‘यहाँ महत्वपूर्ण विषयमा छलफल भइरहेको छ, बिहेको कार्ड बाँडिरहेको देख्छु,’ उनले भनिन्, ‘अहिले बिहेको कार्ड नबाँडौं, ब्रेकमा बाँडौं ।’ पोखरलले भनेपछि बिहेको कार्ड बाँड्न रोकियो ।