देश

सेर्कु शेर्पाद्वारा लिखित पुस्तक विमोचन हुँदै


काठमाडौँ — सेरनिमा प्रतिष्ठान नेपालको आयोजनामा सेर्कु शेर्पाद्वारा लिखित पुस्तक शेर्पा भाषा र लिपि तथा भाषणकला नामक पुस्तक विमोचन हुने भएको छ । माघ ७ गते (शनिवार) विश्व शेर्पा संघका अध्यक्ष आङ दोर्जी शेर्पा (लामा)को प्रमुख आतिथ्यमा पुस्तक विमोचन हुने भएको हो । कार्यक्रम नेपाल शेर्पा संघको भवन नारायणटारमा दिउँसो १ः३० बजे हुने छ । पुस्तकका लेखक शेर्पा हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको पुर्व महासचिव हुन् ।

शेर्पा समुदायको भाषा विज्ञ र भाषणकलाका प्रशिक्षक समेत रहेका शेर्पाले शेर्पा समुदायको मौलिक पहिचान र शेर्वी लु नामक पुस्तक लेखि सकिसके छन् । शेर्पाहरुको आफ्नो भाषा संस्कार संस्कृतिमा टेवा पुगोस भन्ने हेतुले यो पुस्तक लेखेको लेखक शेर्पाको भनाइ छ ।