Breaking

उपसभामुखमा इन्दिरा राना मगरले दिइन् उम्मेदवारी


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् । रास्वपाकी सोबिता गौतम प्रस्तावक र समर्थकमा कृष्णगोपाल श्रेष्ठ (एमाले) नारायणी शर्मा (माओवादी केन्द्र) र राजेन्द्र प्रसाद लिङ्देन (राप्रपा) रहेका छन् । शुक्रबार बसेको संसदीय दलको बैठकले सांसद इन्दिरालाई उपसभामुख उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

उपसभामुख उम्मेदवार हुन लागेकी इन्दिरा झापाकी हुन् । ५२ वर्षकी उनलाई रास्वपाले आदिवासी महिला तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनाएको थियो। उनी बालअधिकार तथा समाजसेवाका क्षेत्रमा सक्रिय थिइन् । उनी बिबिसीको उत्कृष्ट प्रेरणादायी महिलाको सूचीमा परेकी थिइन् ।