Breaking

कांग्रेसको अन्तिम प्रयास राष्ट्रपति बन्ने,के गर्लान त प्रधानमन्त्री प्रचण्ड ? ओलीको छ यस्तो तयारी


काठमाडौँ — प्रधानमन्त्रीलाई विश्वासको मत दिदै सत्ताको वल्छी हानेको कांग्रेसले सभामुख पद पनि गुमाएको छ । राष्ट्रपति हत्याउन कांग्रेसले सभामुखको तूरुप फालेको विश्लेषणलाई नतिजाले पनि थप पुष्टि गरिदिएको छ । तर के अव राष्ट्रपतिमा चाहि कांग्रेसले वाजी मार्ला त ? सभामुखको निर्वाचनमै राष्ट्रिय सहमती खोज्ने प्रयास गरेका देउवा प्रचण्ड माधवको प्रयास ओलीको दन्तवजानकै कारण असफल भएको छ ।

फलत ः निर्वाचनबाट ओलीकै चहानामा सभामुख चयन भयो भने कांग्रेसले लाज छोप्नकै लागि उम्मेद्वारी दियो । प्रचण्डलाई अनावश्यक विश्वासको मत दिएर विश्वासमा लिएका देउवा कुनैपनि हालतमा राष्ट्रपति आफू अनुकुलको वनाउन चहान्छन भने अर्कोतर्फ सभामुख हात पारि सकेका ओली राष्ट्रपति पनि हात पारेर थप शक्तीशाली बन्न चहान्छन । सप्तरङिग गठबन्धनको प्रधानमन्त्री बनेका प्रचण्ड पनि राष्ट्रपति र सभामुख नै ओलीको हातमा गए आफू थप पेलानमा पर्ने डरमा छन । यहि कारण यात मुलधारका राजनीति बाहिरको या त आफू अनुकुलको राष्ट्रपति बन्ने वातावरण बनाउन उनी लागि परेका छन् । जहाँ प्रचण्डले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतीको खोजी भईरहेको र त्यसका लागि आफू लागि परेको सार्वजनिक अभिव्यक्ति नै दिएका छन ।,

यता प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिनु नै ढोक्सा थापेको वुझेका ओली पनि चुप बस्ने अवस्थामा छैनन् । अहिलेको अस्थिर संसदको अंकगणितमा राष्ट्रपतिको महत्व वुझेका उनी कसै गरे प्रचण्डलाई पेल्ने र आफू अनुकुल राष्ट्रपति बनाउने रणनितिमा छन । यसैको परिणाम राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवार उठाउने ओलीले बताईनै सकेका छन । सत्ता साझेदार दलहरुबीच भएको सहमति पनि त्यही भएको उनले बताए । कांग्रेस यसमा सफल नहुने कुरामा निश्चिन्त देखिएका उनी
रवि र राजेन्द्रको साथमा गठबन्धनभित्रबाट प्रचण्डलाई दवाव दिईरहेका छन । फलत ः राष्ट्रपतिमा किचलो झिकेर प्रचण्डलाई भड्काउदै प्राप्त उपलब्धी गुमाउने पक्षमा नभएपनि आफ्नै गोजीको नाम राष्ट्रपतिमा राष्ट्रिय सहमती गराउन चहान्छन ।

ओलीलाई सभामुखमा रोक्न नसकेको कांग्रेस पार्टीभित्रबाट नभएपनि गैरदलिय तर एस म्यानलाई अघि सार्न सकिने विकल्पसम्ममा पुगेको छ । उ राष्ट्रपति हत्याउनका लागि प्रचण्डलाई नैतिक दवाव मात्र दिईरहेको छैन कि विश्वासको मतको गुन र भोलीको विश्वासको आधाका लागि पनि माओवादी कांग्रेस वोक्नुको विकल्प नभएको बताउँदै आएको छ । यसको अर्थ ओलीसंग सन्तुलन मिलाउनकै लागि पनि कांग्रेसलाई एक पाटोमा वोकेर हिड्नै पर्ने दवावमा प्रचण्ड छन ।

यसरी हेर्दा राष्ट्रपति पद दोहोरो चेपुवमा परेको छ । एक त दलिय कि गैर दलिय बन्छ भन्ने नै निश्चित नभईसकेको अहिलेको अवस्थामा कांग्रेसका लागि यो नै अन्तिम अवसर हो । जहाँ प्रचण्डले साथ छोडदा प्रधानमन्त्री गुमाएको सभामुखमा हार व्यहोरेको कांग्रेस राष्ट्रपतिमा सफल हुन नसके प्रतिपक्ष विहिन सदनको बनाएको लज्जाको अर्को भारीमा हुने छ । जसले कम्युनिष्टहरु मिलेर जाने वातावरण बन्दा न त नैतिक धरातलको न त सत्ता नै प्राप्ति दुवै नहुने अवस्थामा कांग्रेसमा पुग्ने छ ।