Breaking

संसदले पायो नयाँ सभामुख, विगतको विकृती चिर्दै विरासत जोगाउनु चुनौतीपूर्ण


काठमाडौँ — लामो रस्साकस्सीकाबीच विहिवार मुलुकले नवौं सभामुख पाएको छ । नेकपा एमालेका नेता तथा सांसद देवराज घिमिरे १ सय ६७ मत सहित सभामुख निर्वाचित भएका छन् । सत्ता गठबन्धनको साथले सहज ढंगले सभामुख बनेका घिमिरेलाई निष्पक्ष सदन सञ्चालन र सदनको गरिमा जोगानुपर्ने जिम्मेबारी आएको छ । सदनले व्यवस्थापिकाको मियो सभामुख पाएको छ । सत्ता गठबन्धनबाट नेकपा एमालेका नेता तथा सांसद देवराज घिमिरे मुलुकको नवौं सभामुखमा निर्वाचित भएका छन ।

पहिलो प्रस्तावमै घिमिरेको पक्षमा सभामुख निर्वाचित हुन आवश्यक न्यूनतम १ सय ३८ मत कटेकाले उनलाई ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले निर्वाचित भएको घोषणा गरेका थिए । प्रतिनिधिसभामा बिहीबार भएको निर्वाचनमा प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै घिमिरे सभामुखमा चुनिएका हुन् । झापा दुई बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित घिमिरेलेसदनमा सहभागी दुई सय ६८ मतमध्ये १ सय ६७ मत प्राप्त गरेका थिए् ।

कांग्रेसको तर्फबाट उम्मेदवार रहेकी ईश्वरीदेवी न्यौपानेले १०० मत प्राप्त गरेकी थिइन । नवनिर्वाचित सभामुख घिमिरेले आफु सभामुखमा रहँदा निष्पक्ष र तटस्थ भूमिकामा आफू कार्यसम्पादनमा लाग्ने बताएका छन । विगतबाट शिक्षा लिँदै संसदलाई चुस्त बनाएर अघि बढ्ने प्रतिवद्धता समेत जनाएका छन ।

घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङ्देन र रवि लामिछाने थिए । पाँच दशक लामो राजनीतिक अनुभव बटुलिसकेका इमान्दार बामपन्थी नेताको रुपमा स्थापित घिमिरे सभामुख निर्वाचित भएपछि सत्ता घटक दलसँगै अन्य दलका नेता तथा सांसदहरुले पनि उनको योगदानको चर्चा गरेका छन् । सभामुख कुनै दलको नभई निष्पक्ष भूमिका निर्वाह गर्न सुझाव दिएका छन ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि घिमिरेले कार्यकाल सम्हाल्नेछन् । सभामुखको निर्वाचन सम्पन्न भएलगत्तै उपसभामुख पदको निर्वाचन माघ ७ गते तोकिएको छ । सभामुखमा पुरुष निर्वाचित भएकाले उपसभामुख महिला हुने प्रावधान छ । सत्ता घटक दलहरु उपसभामुख कसलाई बनाउने अझै टुङगो लगाएको छैन ।

संसदीय अभ्यासमा यसअघि निर्वाचित अधिकांश सभामुखहरु विवादमा फस्ने गरेका छन । घिमिरेमाथी यो संसदीय नजिर लाई चिर्नुपर्ने चुनौति छ । यो पटकमा सदन प्रतिप्रक्षि विहिन छ । अर्थात गतिलो प्रतिपक्ष छैन । यसर्थ निर्वाचित सभामुखले सदनको समेत गरिमा जोगाउँदै तटस्थ र निष्पक्ष भूमिका खेल्नुपर्नेछ ।