Breaking

हेलिकोप्टर पाइलटमाथि कुटपिट गर्ने समूहलाई कारबाही गर्न वायुसेवा सञ्चालक संघले माग


काठमाडौँ — स्याङ्जाको वालिङमा हेलिकोप्टर पाइलटमाथि कुटपिट गर्ने समूहलाई कारबाही गर्न वायुसेवा सञ्चालक संघले माग गरेको छ । प्रभु हेलिकप्टर्स प्रालिको हेलिकोप्टर बिहीबार दिउँसो पोखराबाट उडेर स्याङ्जामा २ः२४ मा अवतरण गरेको थियो । यात्रुले दिएको जीपीएस कोर्डिनेट अनुसार हेलिकोप्टर वालिङको फुटबल मैदानमा अवतरण गरेको थियो । सो क्रममा क्याप्टेन रानेश डंगोलमाथि स्थानीय समूहले कुटपिट गरी घाइते बनाएको संघले जनाएको छ ।

वायुसेवा सञ्चालक संघले उक्त कार्यको भर्त्सना गरेको छ । जिउ ज्यानको प्रवाह नगरी अहोरात्र दुर्गम क्षेत्रका वासिन्दाको सेवामा खटिई सुत्केरी, बिरामीलगायत अन्य संवेदनशील मानवीय तथा विकास निर्माणमा संलग्न हुने क्याप्टेनमाथि कुटपिट हुनु निन्दनीय रहेको संघको भनाइ छ ।