Breaking

संसदमा आएनन् हत्या आरोपी सांसद लक्ष्मी कोइरी


काठमाडौँ —सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन बिकको हत्या अभियोग लागेका सांसद लक्ष्मी कोइरी महतो बिहीबार संसदमा अनुपस्थित छन् । संसदको हाजिरी शाखाका अनुसार उनले बिहीबार हाजिर गरेका छैनन् । बिहीबार संसदको बैठकमा नेपाली कांग्रेसले हत्या अभियोग लागेका सांसदले भोट हाल्न पाउने वा नपाउने प्रष्ट हुनुपर्ने माग गरेको थियो । यस्तै उनलाई पक्राउ नगरेकोप्रति कांग्रेसका सांसद रामहरी खतिवडाले गृहमन्त्रीको ध्यानाकर्षण समेत गराएका थिए ।

कांग्रेसको ध्यानाकर्षणपछि गृहमन्त्री रवि लामिछानेले विधि र प्रक्रियाअनुसार काम गर्ने भन्दै अनावश्यक दबाब नदिन अनुरोध गरेका थिए । कोइरी महोतरी २ बाट निर्वाचित भएका हुन् । मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षकको हत्या गरेको अभियोग उनीमाथि छ।