Breaking

देवराज उच्च राजनीतिक चरित्रको मान्छे : राजेन्द्र लिङ्देन


काठमाडौँ – राप्रपाका अध्यक्ष समेत रहेका उपप्रधान एवं ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले देवराज घिमिरे उच्च राजनीतिक चरित्र भएको व्यक्ति भनेर टिप्पणी गरेका छन् ।

सभामुख पदमा नेकपा (एमाले) का सांसद घिमिरेको प्रस्तावक रहेका लिङ्देनले उनले सबैलाई लिएर हिँड्न सक्ने बताए ।

“देवराज घिमिरेजी मभन्दा फरक राजनीतिक विचारको हो । उहाँ उच्च राजनीतिक चरित्र भएको मान्छे हो । लामो समयदेखि राजनीतिमा क्रियाशील हो । उहाँले सबैले लिएर हिँड्न सक्नुहुन्छ,” बिहीबारको प्रतिनिधिसभा बैठकमा लिङ्देनले भने, “यो पदका लागि सुयोग्य मान्छे हुनुहुन्छ । निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्दछु ।”