Breaking

प्रधानमन्त्रीसँग रामचन्द्र पौडेलको भेटवार्ता


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सभामुखको चुनाव, राष्ट्रपति चुनावदेखि गठबन्धनका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ ।

पौडेलको सचिवालयले भने विकास निर्माणका विषयमा मात्र छलफल भएको बताएको छ ।