Breaking

देउवाले प्रचण्डलाई, प्रचण्डले मलाई धोका दिए, हामी एक हुन सक्छौं : माधव नेपाल (भिडियोसहित)


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बलमा सभामुख हत्याउने तयारी गरेको काँग्रेसले अब राष्ट्रपति नछोड्ने दाबी गरेको छ । यसका लागि सत्ता गठबन्धनभित्र खेल्न उसको नीति रहेको छ ।
मंगलबारको सर्वदलीय बैठकमा नेपाली काँग्रेसका वरिष्ठहरुलाई छोडेर एमाले अध्यक्ष केपी शर्मा ओलीकनिष्ठसँग भिड्न पुगे । काँग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठनेता रामचन्द्र पौडेल र उपसभापति पूर्णबहादुर खड्का सहभागि हुँदाहुँदै ओलीको जवाफ दिन रमेश लेखक अघि सरेपछि एकछिन उठाउठकै अवस्था बनेको थियो । ओलीले काँग्रेसको भूमिकामाथि प्रश्न उठाएर सत्ताका लागि नखेल्नुस्, खुरक्क प्रतिपक्षमा बस्नुस् भनेपछि लेखक ओलीको प्रतिवादमै उत्रिएका थिए । लगत्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालतिर ओलीको नोकझोक स¥यो ।

ओलीले राष्ट्रपतिमा प्रचण्ड र आफुबीच सहमति भइसकेको दाबी गरेपछि माधव सहमति भएको भए हामीलाई किन बोलाएको भन्दै ओलीसँग कड्किए । साझा सहमतिका लागि प्रधानमन्त्री प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठकमा आएको भन्दै तपाईँले भनेको किन मान्ने भन्दै माधव ओलीमाथि खनिए पनि ओलीले उनको सवालको जवाफ नदिएर वेवास्ता गरेका थिए । लगत्तै ओली भड्किएर बैठकबाट निस्किएपछि विथोलिएको माहोललाई सुधार्न प्रधानमन्त्री प्रचण्डले कुनै आयादाया नगरी सभामुखमा एमालेका देवराज घिमिरेलाई समर्थन गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डको समर्थन जुटाएर सभामुखमा बाजी मार्ने नीतिमा रहेको काँग्रेस सर्वदलीय बैठकपछि पछि हटेको छ । सत्ता साझेदार दल, त्यसमा पनि प्रधानमन्त्री प्रचण्डबाट भरथेक समर्थन नपाएपछि गठबन्धनमा खेलेर ओली एक्ल्याउने दाउमा रहेको काँग्रेस हात लाग्यो शून्यकै अवस्थामा सभामुखमा आफ्नै उम्मेदवार उठाउन बाध्य बनेको छ । किनकि प्रधानमन्त्रीले साझा सहमतिको कुरा गरेपनि एमाले अध्यक्ष ओलीका बलमा सम्भव भएको छैन । ओली पनि राप्रपाका लिङ्देन र स्वतन्त्र पार्टीका रवि लामिछानेलाई महत्वपूर्ण मन्त्रालय दिएर प्रचण्डमाथि दबाब बढाइरहेका छन् । यसै सन्दर्भमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग योहो टेलिभिजनको सत्य संवाद कार्यक्रममा गरिएको कुराकानी :