Breaking

प्रतिनिधिसभाले आज नयाँ सभामुख पाउँदै


काठमाडौँ – संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाले बिहीबार आज नयाँ सभामुख पाउँदैछ । संसद सचिवालयका अनुसार आज दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख चयनका लागि मतदान हुँदैछ ।

बुधबार दिउँसो सत्ता गठबन्धनका तर्फबाट एमालेका देवराज घिमिरे र प्रतिपक्षी दल नेपाली कांग्रेसबाट ईश्वरीदेवी न्यौपानेले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन्।

एमालेका घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन्। न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश समर्थकमा प्रकाश ज्वाला छन्।

२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा सभामुख जित्न १ सय ३८ मत आवश्यक पर्छ । एमाले ७८, नेकपा माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०, राप्रपा १४ गरी १४४ सांसद घिमिरेको पक्षमा छन् ।

कांग्रेसबाट उम्मेदवार बनेकी न्यौपानेलाई कांग्रेसको मत ८९ जसपा १२, एकीकृत समाजवादी पार्टी १०, लोसपा ४, मत निश्चित छ ।

प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने दलहरुको संख्या भने १६९ छ । घिमिरे झापा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् भने न्यौपाने कांग्रेसकी समानुपातिक सांसद हुन् ।