Breaking

मुख्य शहर व्यवस्थित बनाउन कति सम्भव ? नयाँ शहरी व्यवस्थामा भू–उपयोग योजना जरुरी


काठमाडौँ — आधुनिक र व्यवस्थित शहर सबैको चाहाना हो । दिगो र व्यवस्थित शहर निर्माणका लागि उपत्यकासँगै मुलुकभरकाअनियन्त्रित र अव्यवस्थित शहरको पुर्न व्यवस्थापन गर्न आवश्यक छ । उपत्यकाका काठमाडौँ,ललितपुर,भक्तपुर मात्र होइन उपत्यका बाहिराका शहरहरुको व्यवस्थापन र व्यवस्थित शहरीकरण धेरैको चुनावी एजेन्डा बन्दै आएको छ । व्यवस्थित शहर, स्मार्ट सिटी, मेगा सिटी,हरित शहरजस्ता नारा कतिपयका लागि चुनाव जित्ने अस्त्र समेत बनेको छ ।

तर व्यवस्थित शहर कस्तो हुन्छ आम नागरिकले अनुभुती गर्न पाएका छैनन् । छ त केवल साँघुरा गल्ली ,भत्किएकोसडक, अपर्याप्त खानेपानी, अस्तव्यस्त फुटपाथ,अव्यवस्थित फोहोर, यत्रतत्रधुलो धुँवा घण्टौको ट्राफिक जाम, ध्वनी प्रदुषण, वेरोजगारी,महंगी, कमजोर सुरक्षा, बढ्दो आपराधिक गतिविधि यस्तै यस्तै । कारण व्यवस्थित शहरी पूर्वधार सहित पूर्ण व्यवस्थित शहर नारा बन्यो तरकार्यन्वयन हुन सकेन । कतिपय अवस्थामा नीति बाधक बन्यो भने नियत अर्को समस्या रह्यो ।

फलत व्यवस्थित शहरीकरण बहसमा सिमित रह्यो र अव्यवस्थित शहरीकरणले प्रसय पाइरह्यो । यद्यपि पछिल्लो समय काठमाडौ महानगरपालिकासँगै धेरै स्थानीय सरकारले व्यवस्थित शहर आफ्नो मुख्य एजेन्डा बनाएका छन् । तर काठमाडौ महानगर सहित अव्यवस्थित र अस्तव्यस्त शहर व्यवस्थित बनाउन त्यति सहज भने देखिँदैन ।

काठमाडौका मेयर बालेन्द्र शाहले फुटपाथ व्यापार व्यवसायलाई निषेध नै गरे, अन्डरग्राउन्ड पार्किङ, अनाधिकृत निर्माण गरिएका संरचना भत्काउने जस्ता कार्य निरन्तर छ । काठमाडौ महानगरले थालेको प्रयास अनुकरणीय रहेको छ । समुदायको सहयोग लिँदै अघि बढेमा व्यवस्थित सहर सम्भव रहेको विज्ञहरुको सुझाव छ ।

त्यस्तै नयाँ शहरी योजना तय गर्दा भु–उपयोग योजना सहित अघि बढ्नुपर्ने उनीहरुको सुझाव छ । विना गुरुयोजना आफूखुशी बसालिएका अव्यवस्थित शहरलाई व्यवस्थापन सहज छैन तर असम्भव पनिछैन । विशेषगरी स्थानीय नेतृत्वको असल नियत र स्पष्ट गुरुयोजना भएमा शहरलाई व्यवस्थित गर्न सम्भव छ । त्यसैले व्यवस्थित र दिगो शहरीकरणसँगै समावेशी सहरीकरणतर्फ पनि स्थानीय सरकार संवेदनशील हुन आवश्यक छ ।