Breaking

टिकटकमाथिको प्रतिबन्ध बढ्दै, सुरक्षा जोखिम र प्रयोगकर्तामा खतरा


काठमाडौँ — लोकप्रिय सामाजिक सञ्जाल टिकटकको प्रभावकारीता र असरलाई लिएर विश्व समुदाय विभाजित छ । कतिपय देशमा यसलाई प्रतिबन्ध लगाइएको छ भने कतिपय देशमा प्रतिवन्धको माग उट्दै आएको छ । संयूक्त राज्य अमेरिकाको २५ भन्दा बढी राज्यहरूले सरकारी डिभाइसहरूमा यो एपलाई प्रतिबन्ध लगाइएको छ । टिकटकमाथि सामाजिक सञ्जालको व्यापक दुरुपयोग गर्दै समाजमा अश्लीलता फैलाएको आरोप लाग्दै आएको छ । भारतमा पछिल्लो समय टिकटकलाई एपस्टोर र गुगल प्ले स्टोरबाट हटाइएको छ । यता संयूक्त राज्य अमेरिकाका नर्थ क्यारोलाइना र विस्कन्स राज्यले सुरक्षा जोखिम देखाउँदै सरकारी उपकरणहरूमा टिकटक एपको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

अहिलेसम्म २५ भन्दा बढी अमेरिकी राज्यहरूले सरकारी डिभाइसहरूमा प्रतिबन्ध लगाइसकेका छन् । जनवरी ९ बाट अमेरिकाको न्युजर्सी र ओहायो राज्यले पनि यो एपलाई सरकारी उपकरणमा प्रयोग हुनबाट प्रतिबन्ध लगाएको थियो । ओहायोका गभर्नर माइक डिवाइनले टिकटकका यस्ता डेटा गोपनीयता तथा साइबर सुरक्षाका विभिन्न शंस्कास्पद क्रियाकलापले राष्ट्रिय तथा स्थानीय सुरक्षामा जोखिम ल्याउनुको साथै प्रयोगकर्तालाई समेत विभिन्न किसिमको खतरामा पर्नसक्ने प्रतिक्रिया दिए । अमेरिकाका विभिन्न राज्यहरूले वीबो, वीच्याट, अलिबाबा लगायतका विभिन्न चिनियाँ अनलाइन प्लाटफर्महरूमाथि पनि प्रतिबन्ध बढाउँदै लगेका छन् ।

सन् २०१७ को नोभेम्बरमा १ अर्ब डलरमा म्युजिकली खरिद गरेपछि अकासिएको टिकटकको लोकप्रियता अहिले १५० भन्दा बढी देशहरूमा झण्डै १ अर्बभन्दा बढी प्रयोगकर्ताहरूका साथ सन २०१० यता सबैभन्दा चलेको एपमध्ये टिकटक पुगेको छ ।
अमेरिकामा मात्रै यो एप २१ करोडभन्दा बढी पटक डाउनलोड गरिएका तथ्यांकहरू आएका छन भने पछिल्लो दशकको ट्रेडमार्क बनेको फेसबुकलाई समेत कडा टक्कर दिने प्लाटफर्म बन्दै आएको छ । अहिले भारत, अफगानिस्तान, पाकिस्तान, बाङ्लादेश, इन्डोनेसिया लगायत देशहरूले विभिन्न कारण देखाउँदै यो एपमाथि प्रतिबन्ध लगाएका छन् ।

नेपालमा पनि यस्को असर पर्न थालेको छ । भिडियो सेयरिङ प्लेटफर्म टिकटकका प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बढेको पाइएको छ । यसको प्रयोगकर्ता जसले रमाइलो गर्ने र भाइरल हुने बहानामा जथाभाबी भिडियो बनाएर अपलोड गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता उदांगो भइरहेको छ । यसलाई समयमा नै सरकार र सरोकारवाला निकायको ध्यान जान जरुरी देखिन्छ ।