Breaking

सभामुखमा एमालेलाई देला त कांग्रेसले टक्कर ? किन दिएन माओवादीले साथ ?


काठमाडौँ — सभामुखकालागिसत्तारुढ गठबन्धनका तर्फबाट एमालेका देवराज घिमिरे सभामुखको उम्मेद्वार बन्दाकांग्रेसले ईश्वरी न्यौपानेलाई अघि सारेको छ ।कांग्रेसलाई माओवादीको साथपाउने सम्भावनाकमजोर भएपछि घिमिरे नै अहिले वलियो उम्मेद्वार बनेका छन । जहाँकांग्रेस पनिविपक्षी गठबन्धन गठनको प्रयास सहितअघि बढेको छ । माघ ५ गते हुने प्रतिनिधिसभाको सभामुखनिर्वाचनकालागिवुधवार मनोनयनदर्ता भएको छ ।सत्ता गठबन्धन दलको तर्फबाट एमालेका देवराज घिमिरेले र कांग्रेसबाट ईश्वरी न्यौपाने सभामुखको उम्मेद्वार बनेका छन ।

एमालेमाकमअवसर पाएका नेताका रुपमा रहेका नेता घिमिरेको प्रस्तावकमाएमाले सांसद सुवासचन्द्र नेम्वाङ छन भने समर्थनमामाओवादीकाहितराज पाण्डे,रास्वपाका रवि लामिछाने र राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन छन । स्वतन्त्रउम्मेदवार भद्रप्रसाद नेपाललाई २ हजार २ सय ६१ मतले पराजितगर्दै झापा २ बाट निर्वाचित सांसद रहेका घिमिरेदोश्रो संसदीययात्रामासभामुखको उम्मेद्वार बनेका हुन । यसअघि २०५६ सालमा राष्ट्रिय सभाका सांसद बनेका घिमिरेले अहिलेको वलियो उम्मेद्वार पनिहुन । प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डलाईनचाहिएको विश्वासको मतदिदै कांग्रेसले पनिसभामुखमावल्छि हानेको थियो ।

यहि कारण प्रचण्डले राष्ट्रिय सहमतिको सरकारको आशयले मंगलबार सर्वदलिय बैठक नै आह्वान गरेका थिए । तर वैठकमै एमाले अध्यक्ष केपीशर्मा ओली र कांग्रेस संसदीयदलकाप्रमुख सचेतकरमेश लेखकवीच नोकझोक चलेपछि कांग्रेसले माओवादीको साथपाउने सम्भावनाकम छ ।यहिवुझेकै कारणकांग्रेसले भने महिलाउम्मेद्वारका नाममाखासै चर्चामै नरहेको नामसमानुपातिक सांसद न्यौपानेलाई अघि सारेको हो ।यहि कारण घिमिरेले सभामुखमाआफ्नो जितनिश्चित रहेको दाबीनै गरेका छन । संसद् सचिवालयनयाँबानेश्वरमाउम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग उनले विगतमाभएकाकमजोरीबाट सिकेर अघि बढ्ने बताएकाउनले आफू दलबाट नभई सिंगो प्रतिनिधिसभाबाट विजयीभएर जाने बताएकाथिए ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरुवीचको यहि प्रगाढ सम्बन्धकै कारणकांग्रेसले विपक्षमा रहेका दलहरूसँग गठबन्धनको प्रयास थालेकोहो । फलत ः आफूले नै उम्मेद्वार उठाउने कि सत्तारुढकै उम्मेद्वारलाई समर्थन गर्ने भन्ने निर्णय लिनसभापती शेरबहादुर देउवाले मंगलबार बिहानआफ्नै निवासमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग छलफल गरेका थिए।बैठकमा विपक्षमा रहेका दलहरू नेकपाएकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टीसहितदलहरुसँग छलफल गरेर सभामुख र उपसभामुखपदमातालमेल गरेर उम्मेदवारी दिनेबारे छलफल भएको थियो ।

सोहि वैठक अनुसार नै कांग्रेसले सभामुखलिने र अन्यदललाई उपसभामुखदिनेतयारी गरेको भएपनिउम्मेद्वार को नाम नै भने टुङ्गो लगाएको थिएन । यसैको निरन्तरताबुधबार पनिकांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको वैठक बस्यो भनेसभामुखकालागिन्यौपानेलाई अघि सार्ने निर्णय गरेको हो । त्यसलगत्तै सभामुखचयनकालागिहुने निर्वाचनलगायतविषयमा छलफल गर्न विपक्षीदल नेपालीकांग्रेसका सभापति शेरबहादुर देउवाले सहितविपक्षीदलकाशीर्ष नेताहरूको बैठक सिंहदरबारमा बसेको छ ।न्यौपानेको पक्षमा समर्थन जुटाउने उदेश्यका साथवसिएकोवैठकमा आडभरोसा प्राप्तभएपछि नै कांग्रेसले उम्मेदवारी दर्ता गरेको हो ।

हुन त यसअघिबाटै कांग्रेसले सभामुखमा देखाएको चासो केवल राष्ट्रपतिका लागिफालेको तुरुपमात्रै भएको रुपमाविश्लेषण हुँदै आएको छ ।यहि कारण नै बुधबार बसेको सर्वदलीय बैठकमा कांग्रेस सभापति देउवा र प्रधानमन्त्रीदाहालले समेत सहमति र सहकार्यको अवधारणामा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएकाथिए । जसमाएमालेले असहमतिजनाएपनि सत्तारुढ गठबन्धनबाट सभामुखको उम्मेद्वारी दर्ता नहुदाँसम्मदेउवा प्रचण्डकोआशामाथिए । तर घिमिरेको समर्थकमै माओवादी नेता अघि सरेपछि भने हतार हतार कांग्रेसले उम्मेद्वार टुङ्गो लगाएको थियो । जसले राष्ट्रपति पदप्रति रहेकोकांग्रेसको आशामाथितुषारापातहुने संकेत समेत देखा परेको छ ।