Breaking

आफै सभामुख बन्ने घिमिरे र न्यौपाने दुवैको दावी, माओवादी निर्णायक, कांग्रेस चमत्कारको आशमा


काठमाडौँ — पहिलो संसद वैठक बसेको १५ दिनभित्रसभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण संसद सचिवालय र दलहरु सभामुख चयनको चटारोमा छन् । जसका लागि तय भएको उम्मेद्वारी दर्ताको समयसिमा दुईजनाको उम्मेद्वारी परेको हो । उम्मे्दवारी दर्ता गरेका एमालेका सांसददेवराज घिमिरे र कांग्रेसकी ईश्वरी न्यौपाने दुवैले आफ्नो जित पक्का भएको दावी गरेका छन । सत्तारुढ गठबन्धनबाट नेकपा (एमाले)का सांसद देवराज घिमिरेले प्रतिनिधिसभा सभामुख पदमा उम्मेदवारी दिएका छन ।

बुधबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पुगेर सांसद घिमिरेले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन । सत्तारुढ दलहरुको साझा उम्मेदवार रहेका घिमिरेलाई एमाले उपाध्यक्ष एवम पूर्वसभामुख सुवाष नेम्वाङले प्रस्ताव गरेका छन् भनेमाओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाँण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेनले समर्थन गरेका छन । २०५६ सालमा राष्ट्रिय सभाका सांसद बनेका घिमिरे यसपटक झापा–२ बाट निर्वाचित भएका हुन्। एमालेका स्थायी समिति सदस्य तथा प्रदेश १ इन्चार्जसमेत रहेका घिमिरे २०३२ सालबाट राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन ।

धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट आइएसम्मको मात्र अध्ययन गरेका घिमिरे माले र नेकपा एकीकृतको एकीरणपछि २०४९ सालमा भएको पाँचौ महाधिवेशनबाट बनेको एमालेको केन्द्रीय सदस्य बनेका थिए। २०५६ सालमै राष्ट्रिय सभाको सांसद भईसकेका उनी पहिलो पटक झापा क्षेत्र नम्बर २ का प्रतिनिधिसभामा निर्वाचित भएका हुन । सत्ता गठबन्धन दलको साझा उम्मेद्वार भएका कारण वलियो दावेदारका रुपमा हेरिएका घिमिरेले सभामुखमा आफ्नो जित निश्चित रहेको दाबी नै गरेका छन् ।संसद् सचिवालय नयाँ बानेश्वरमा बुधबार सभामुखको उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग उनले विगतमा भएका कमजोरीबाट सिकेर अघि बढ्ने बताएका थिए ।

यता नेपाली काँग्रेसको तर्फबाट भने ईश्वरी न्यौपानेले उम्मेद्वारी दर्ता गराएकी छन् । उम्मेदवार न्यौपानेको प्रश्तावकमा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा छन भने समर्थकमा नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला छन । न्यौपानेलाई माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको समर्थन छ ।यहि कारण काँग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले न्यौपाने सभामुख हुनेमा विश्वस्त देखिएका छन ।

काँग्रेसले कुनै बेला अन्य दलका उम्मेदवारहरुलाई पनि सभामुखका लागि मतदान गरेको उल्लेख गर्दै यस पटक काँग्रेसबाट उम्मेदवार बनेकी न्यौपानेलाई अन्य दलहरुले सभामुखमा उनको भनाई छ । न्यौपानेमा सालिनता र सक्षमता दुवै भएकाले सभामुखमा जिताउँदा देशले पुनः एकपटक महिला सभामुखका साथै सुसुचित, सक्षम अनुभवी सभामुख प्राप्त गर्ने शर्माको दावीका विच न्यौपानेले पनिसभामुखमा आफू विजयी बन्ने दाबी गरेकी छन ।

प्रतिनिधिसभामा समामुखको निर्वाचन बिहिबार हुँदैछ भने प्रतिनिधिसभा बैठक पनि भोली बिहान ११ बजेका लागि बोलाइएको छ । जहाँ दुवै पक्ष आफू विजयी हुने रणनितिका साथ अघि बढ्दा माओवादी यसमा निर्णायक हुने छ । अहिलेसम्मको अवस्थामा कांग्रेसको यसअघिको आशा विपरित एमालेलाई नै माओवादी सघाउने अवस्था रहँदा घिमिरे सभामुख बन्ने निश्चित जस्तै छ । जहाँ कांग्रेस भने रात रहे अग्राख पलाउने र पाशा आफ्नो भागमा पल्टाउने आशामा छ ।