Breaking

राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीलाई प्रमुख सचेतक बनाएको छ ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार संसदीय दलका नेता राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतक पदमा मनोनयन गरेका हुन् ।

राप्रपाका प्रवक्तासमेत रहेका शाही जुम्लाबाट निर्वाचित सांसद हुन् ।