Breaking

कांग्रेस बैठक निष्कर्ष विना, सभामुखको उम्मेदवारीबारे अझैं अलमलमा


काठमाडौँ — नेपाली कांग्रेसको पदाधिकारी बैठक विना निष्कर्ष टुंगिएको छ ।
सभामुख पदमा उम्मेदवार दिने वा नदिने भन्ने विषयमा छलफल गर्न आज बिहानदेखि सुरु भएको पदाधिकारी बैठक विनानिष्कर्ष सकिएको छ ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले अन्य दलहरूको निर्णय पर्खिएर सभामुखको उम्मेदवारीबारे टुंगो लगाउने निर्णय भएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

सभामुखको मनोनयन दर्ताको समय आजै दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्का लागि तोकिएको छ । एमालेले भने झापा-२ बाट निर्वाचित सांसद देवराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

सभामुखका लागि मतदान बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा हुनेछन् । बैठक बिहान ११ बजे बोलाइएको छ ।