Breaking

ओलीको विश्वासपात्र घिमिरे सभामुखको उम्मेदवार


काठमाडौँ — नेकपा एमालेले स्थायी समिति सदस्य देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाएको छ ।

बिहीबार हुने सभामुखको चुनावका लागि बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ । एमालेका एक पदाधिकारीले बताएअनुसार अध्यक्ष केपी शर्मा ओलीको ठाडै प्रस्तावमा घिमिरे सभामुखको उम्मेदवार बनाइएको हो ।

झापा क्षेत्र नम्बर २ बाट निर्वाचित घिमिरे अध्यक्ष ओलीका विश्वासपात्र मानिन्छन् । यसअघि एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा र नेता विद्या भट्टराई सभामुख बन्ने चर्चा थियो ।

अन्तिम अवस्थामा घिमिरेले सभामुख उम्मेदवार बन्ने अवसर पाएका हुन् । सत्ता गठबन्धनभित्र भएको भागबन्डामा सभामुख पद नेकपा एमालेको भागमा परेको छ ।