Breaking

उपेन्द्र यादव र माधव नेपालसँग देउवाको छलफल


काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् ।

देउवा निवास धुम्बाराहीमा छलफल भएको थियो । सभामुखमा आज उमेदवारी दर्ताको समय रहेको छ । त्यसअघि देउवाले छलफललाई तीव्रता दिएका हुन् ।