Breaking

कांग्रेस पदाधिकारी बैठक जारी


काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ ।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा जारी बैठकमा सभामुखको उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।

सभामुखमा आज उमेदवारी दर्ताको समय रहेको छ । कांग्रेसमा अहिले सभामुखमा उमेदवारी दिने र नदिने दुवैथरीका मत रहेका छन् । सोही विषयमा छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।