समाचार

पाल्पामा वृद्ध मृत फेला


काठमाडौँ – मंगलबार पाल्पामा एकजना मृत फेला परेका छन् ।​

रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवास्थित पटुवाचौरका ६० वर्षीय बेदबहादुर बलाल मृत फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।

उनी घर नजिकै रहेको नेप्टा भीरमा मृत फेला परेका हुन् । भीरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।