Breaking

बन्दुकधारीले चलाएको गोली लागेर ६ महिनाको बच्चासहित ६ जनाको मृत्यु


काठमाडौँ — क्यालिफोर्नियाको एक घरमा बन्दुकधारीले चलाएको गोलीलागेर ६ जनाको मृत्यु भएको छ । टुलारे काउन्टी शेरिफको कार्यालयका शेरिफ माइकबोउडरेउक्सले उक्त आक्रमण गिरोह र लागू औषध हिंसासँग जोडिएको हुन सक्ने बताएका छन् । विश्वको शक्तिशाली देश अमेरिकाको शान्ति सुरक्षाअनि चुस्ततामा खासै कुनै शंका छैन । विश्वमा नै दवदवा बनाएर बसेको अमेरिका हजारौंको सपनाको देशहो । आर्थिक रुपमाअत्यन्त सम्पन्न तथा बलियो प्रशासनिक शासन अमेरिकाको सफलताको शुत्रहो भन्दा फरक नपर्ला । यस्तो देशको समाजपनिनिकै नै सभ्य र भव्य नै छ ।

नियम कानुन अत्यन्त बलिया अनि बाध्यात्मक छन् । जसले जोकोहीलाई पनि अनुशासित र कानुनको दायरामा बाधेर राख्नबाध्य बनाउछ । तर यस्तो देशमा नै बन्दुकधारीको आक्रमणमा परि मृत्यु हुनेको आकडा बढ्दो छ । विश्वभर हतियार बोक्ने आमनागरिकमध्ये ४० प्रतिशत अमेरिकामा छन् । पछिल्लो चार दशकमा अमेरिकामा १४ लाख मानिसको बन्दुकसँग सम्बन्धित घटनामा परी मृत्यु भएको छ। अमेरिकामा गोली आक्रमणका घटना बढेसँगै गतजुनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक नियन्त्रणको कानुनमा हस्ताक्षर गरेका थिए। जसको उद्देश्य युवाहरुलाई बन्दुक खरिदमा कडाइ गर्नु थियो ।

तर, यो कानुनले पनि अमेरिकामा गोली प्रहारका हिंसात्मक घटना भने रोक्न सकेको छैन।विशेष गरी विद्यालयमा कलिला बालबालिका समेत गोलीप्रहारको शिकार बन्ने गरेका छन् । डिपार्टमेन्ट स्टोरमाकामगर्ने नेपालीसमेत गोलीप्रहारबाट मारिने गरेका खबर यदाकदाआउने गरेका छन् । यस्तै क्यालिफोर्नियाको एक घरमा बन्दुकधारीले चलाएको गोलीलागेर ६ महिनाको बच्चासहित ६ जनाको मृत्यु भएको छ । टुलारे काउन्टी शेरिफको कार्यालयका शेरिफ माइकबोउडरेउक्सले उक्त आक्रमण गिरोह र लागूऔषध हिंसासँग जोडिएको हुन सक्ने बताए ।

स्थानीय समय अनुसार सोमबार बिहान ३ः३० बजेतिर दुईजना व्यक्तिले घरमा आक्रमण गरेकोे प्रहरीले जनाएको छ । छिमेकीले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरी घटनास्थलमापुग्दा घरभित्र र बाहिर मानिहरुको शव भेटिएको थियो ।प्रहरीले आक्रमणबारे अनुसन्धान सुरु गरेको छ । अमेरिकामा पछिल्लो समय बढ्दो क्रममा रहेको गोली आक्रमणको यो पछिल्लो उदाहरण हो। समग्र विश्वमाशान्तिको पाठ सिकाउने र शान्ति स्थापनाकालागिभन्दै धेरै मुलुकमा आफ्नो सेनासमेत परिचालन गरेको अमेरिकामै पछिल्लो समय हिंसा र अशान्ति बढ्दो क्रममा देखिएको छ।