Breaking

ठेकेदार, भ्रष्टाचारी र स्वार्थ बाझिने मन्त्री, एमालेले दियो नयाँलाई ठाँउ, हात बाधिएका राज्यमन्त्री


काठमाडौँ — सत्ता गठबन्धन दलहरुविच भागवण्डा मिलेसंगै मन्त्रीपरिषद विस्तार भएको छ । पुस ११ गते पहिलो पटक ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका प्रधानमन्त्री प्रचण्डले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री थप्दै २३ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन् । कस्ता छन त उनी नेतृत्वको मन्त्रालय सम्हाल्न आएका मन्त्रीहरु ? सप्तरङ्गि सहयात्रीलाई मिलाएर लैजाने सकसमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद विस्तार गरेका छन् ।योसंगै एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्री, रास्वपा र राप्रपाले ३–३ मन्त्रालय र जनमतले एउटा मन्त्रालय लिएको छ ।

माओवादी, रास्वपा र राप्रपाबाटथप १–१ राज्यमन्त्री थपिएकाछन् । १२ मन्त्री र २ राज्यमन्त्रीले मंगलबार शपथग्रहण गरेका छन् । यो संगै लगभग अन्तिम आकारमा पुगेको मन्त्रीपरिषदमा ६ जना दोहोरिएका छन भने बाँकी दुई तिहाइ बढी नयाँ अनुहार छन् ।प्रदेशगत हिसावमा प्रदेश १ र वागमतीको वर्चस्व रहेको यो मन्त्रीमण्डलमा भ्रष्ट्रचारका आरोपी देखि मन्त्री बन्न जानु पार्टी सकिनु हो भन्ने समेत समेटिएका छन ।

मन्त्रीहरुको विगत हेर्दा उपप्रधान तथा अर्थमन्त्री रहेका विष्णु पौडेल नै ललितानिवास जग्गा प्रकरणमा मुछिएका व्यक्ति हुन । पौडेल दोश्रो पटक अर्थमन्त्री बन्दा उनका सहकर्मीका रुपमा भ्रष्ट्रचारीलाई नाकको डाडी भाचिने गरि हान्ने बताउने रवी लामिछाने छन । जहाँ उपप्रधान तथा गृहमन्त्री रहेका उनी माथि पनि नागरिकता मुद्धा अदालतमा विचारधीन छ । यता बहुचर्चित सिक्टा सिचाई आयोजनामाभ्रष्ट्रचारको मुद्धा खेपेका ठेकेदार पृष्ठभूमीका राप्रपा नेता विक्रम पाण्डेले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन ।

फलत ः छोरालाई ठेकेदारी जिम्मा लाएर राजनीतिमा होमिएका उनले यहि अवसरलाई गलत प्रयोग गरि छोरालाई टेण्डर नपार्दिए मात्रै पनि खुसि हुनुपर्ने अवस्था छ ।यता अनुभव नै नभएका तर चर्चा र आशाको चाङमा रहेका पर्यटनमन्त्री सुदन किरातीँलाई पनि काम शेरधन राईलाई रोकेको प्रमाणित गर्न कम चुनौती छैन । आफैले पराजित गरेका ले सम्हालिसकेको मन्त्रालयमा पुगेका उनलाई नेपाललाई ईयुको कालो सूचिबाट हटाउने देखि पर्यटन मन्त्रालयसँग जोडिएका निकायको झगडा मिलाउनु कम सकसपूर्ण छैन ।

कुनैवेला संसदको कुर्सी भाच्ने अमनलाल मोदी पनि यहि मन्त्रीपरिषदमा समेटिएका छन । माओवादीबाट सांसद भएका उनले संघिय मामिला तथा सामान्य प्रशासनको जिम्मेवारी पाँउदा केहि आशा लाग्दा अनुहार पनि मन्त्री बनेका छन । तर डा.तोसिमा कार्की जस्ता आशा लाग्दा अनुहार एमालेले पाएको स्वास्थ्यमन्त्रालयको राज्यमन्त्रीमा सिमित बन्दा कतिपय लाई रवी लामिछानेको वरियता समेत बाधक बनेको छ ।

जहाँ एमालेले अनुभव नभएकैलाई मन्त्री बनाउने रणनिति नै लिएको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेतृत्व गरेकाहरुले पनि पार्टीबाट भन्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको चाकरीबाट मन्त्रीको यात्रा तय गरेको विश्लेषण नै सुरु भएको छ । जसले केहि आलोचित र आरोपित अनुहारकैवीच पनि उर्भर र आशालाग्दा देखिएका अनुहारलाई पनि काम गर्न त्यति सहज छैन ।

मन्त्रीपरिषदको अनुहार हेर्दा एक त आलाकाचालाई सधाउदै अघि बढ्नुपर्ने चुनौतीमा प्रधानमन्त्री प्रचण्ड छन भने व्यवस्था विरोधी र वैल्पिक भनिएका आवाजहरुको स्टण्डलाई पनि सहनुपर्ने बाध्यता छ । जहाँ तेश्रो पटक प्रधानमन्त्री हुँदा पनि स्वयम प्रचण्डमै परिपक्वता नदेखिएको आक्षेप यसअघिबाटै सुरु भईसकेको छ ।

यहिवीचमा संविधान जारी गर्ने वेलाताका भएको ६ उपप्रधानसहितको मन्त्रीमण्डलको सिको गर्दै ४ जनालाई अघि सारेको यो मन्त्रीमण्डलले यसैपनि अस्थिरताकै संकेत गरेको त हैन ? प्रश्न यसैमा पनि छ । तर मन्त्रीमा देखिएका अनुहार प्रति भने आम नागरिकको भरोसा उनीहरुको गर्न सक्ने काम भन्दा पनि बढि छ ।

जसले देख्दा राम्रो भित्र भने प्रतिकुल र अस्थिर प्रकृतीको मन्त्रीपरिषद हाकिरहेका प्रधानमन्त्री प्रचण्डका आगामी प्रत्येक कदम आम मतदाताले परिक्षणको कसीमा राख्ने छन । जहाँ हिजो जस्को विरुद्ध चर्को स्वर गरेको हो आज उनीहरुकै शरणमा पुगेका राप्रपा र रास्वपा जस्ता पार्टीका मन्त्रीको त छुट्टै सार्वजनिक परिक्षण हुने नै छ ।