Breaking

पोखरा जहाज दुर्घटनास्थल भन्दा डेढ किलोमिटर पर फेला पर्‍यो एक जनाको शव


काठमाडौँ — पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनास्थलभन्दा डेढ किलोमिटर पर एक जनाको शव फेला परेको छ । मंगलबार उद्धार टोलीले दुर्घटनास्थलभन्दा करिब डेढ किलोमिटर पर खोल्सामा एक जनाको शव फेला परेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । तर उक्त व्यक्ति एयरलाइन्स जहाज दुर्घटनामा परेका हुन् वा होइनन् भन्नेबारे यकिन नभएको पनि उनले बताए।

उक्त शवबारे प्रहरीले थप बुझ्ने काम भइरहेको उनले बताए। यस्तै शवका केही भाग पनि फेला परेको छ। एउटा टाउकोको भाग र खुट्टा फेला परेको उनले जानकारी दिए। अहिलेसम्म ७० जनाको शव फेला परिसकेको छ। आज फेला परेको शव पहिचान हुन बाँकी छ। फेला परेका शवको पहिचान गरी परिवार तथा आफन्तलाई बुझाइरहेको छ । ४८ वटा शव नेपाली सेनाले काठमाडौं ल्याएको छ । २२ वटा शव पोखरामा आफन्तलाई नै बुझाइसकेको छ।